नागरिक पोष्ट News


उत्साहाका साथ तारकेश्वर नगरपालिका वडा नं. ८ मा खोप लगाउदै सर्वसाधारण (फोटोफिचर) भिडियोसहित

2.8K

सबु बस्नेत ,काठमण्डौँ - नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग मिती २०७८०५०३ गतेको पत्रानुसार कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा मिती २०७८०५०४ गते देखि ०५  सम्म पहिलो मात्रा खोप देहाय बमोजिम लक्षित समुह १८ वर्ष माथिका र ४० वर्ष वा सो भन्दा माथि उमेरका नागरिकहरुलाई जनस्वास्थ्य मापदण्ड पालना हुने गरी लगाउन नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आग्रह गरेको छ । 

सोही अनुसार कोरोना भाइरसविरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा तारकेश्वरमा आजबाट लगाइदै छ । प्लस टु पढ्ने विद्यार्थीहरु र ४० वर्ष माथिकालाई खोप लगाइने भएको छ । खोप लगाउनका लागि तारकेश्वर नगरपालिकाभित्रका ११ ओटा वडाका स्वास्थ्य केन्द्रहरुबाट लगाइने कार्यक्रम रहेको नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले बताउनुभएको छ ।

यसै क्रममा आज तारकेश्वर नगरपालिका वडा नं ८ मा पनि निकै सहज पुर्ण तरिकाले सामाजिक दुरी कायम राख्दै उपस्थित सम्पुर्ण व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाईएको छ । कोभिड विरुद्धको खोप सबैले सामाजिक दुरी कायम गर्दे व्यवस्थित तरकिाले लगाउन तारकेश्वर न पा वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार घिमिरेले आफ्ना वडा बासिलाई आग्रह गर्नु भएको छ ।

यसरी महामारीको समयमा खोप लगाउन पाउदा स्थानीय बासिहरु खुशी हुनु भएको छ र अब खोप विना कोरोना भाईरस बाट बच्न नसकिने भन्ने चेतना समेत सबैमा भएको बताउदै आफुले पनि यसरी सबै नागरिकलाई खोप दिन पाउँदा खुशी लागेको बताउनु हुन्छ घिमिरे ।

खोप लगाउन आउने व्यक्तिहरुलाई निर्धक्क भएर खोप लगाउन आग्रह गर्दे भौतिक दुरी कायम राखी खोप वडा नं. ८ ले व्यवस्थीत तरिकाले गरिरहेको तारकेश्वर न पा वडा नं ८ का स्वस्थ्य प्रमुख धर्मशिला घिमिरे बताउनु हुन्छ ।  खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सञ्चालन भएको हो  । खोप लगाउन जाँदा अनिवार्य मास्क लगाउनुका साथै भिडभाड गर्न पाइने छैन । खोप कार्यक्रम तारकेश्वर नगरपालिकामा आज र भोलीलाई तय गरिएको हो ।

 

Must View