नागरिक पोष्ट News


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम २८ महिना पछि जेलबाट रिहा

749

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम रिहा हुनु भएको छ । 

विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ बम २८ महिना लामो जेल जीवन बसाईपछि शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा हुनुभएको हो । रिहा भएपछि काठमाडौंको सुन्धरामा नेकपामा नेता धमेन्द्र बास्तोला लगाएतका नेताहरुले खादा लगाएर अभिनन्दन गरेका थिए ।

बमलाई बिहिबार उच्च अदालत नेपालगञ्जले रिहाइ गर्न आदेश दिएको थियो । नेकपामाथि प्रतिवन्धकै अवस्थामा बमलाई पक्राउ गरेर प्रहरीले हात हतियार, राजद्रोहको मुद्धा लगाएको थियो । उहालाई बाँके, बर्दिया हुँदै केन्द्रीय कारागार सुन्धारा राखिएको थियो । रिहा भएपछि बमले खुसीसगंै अहिले जिम्मेवारी बोधले थिचेको टिप्पणी गर्नुभयो । उहाले सानो जेलबाट निस्केर खुल्ला जेलमा आएको टिप्पणी गर्नुभयो । 

विप्लव नेकपाका अनुसार पोलिटब्युरो र स्थानीय कार्यकर्ता गरि करिब १ सय जना जेलबाट छुट्न बाँकी छन् । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर खुला राजनीतिमा आएको नेकपाले सहमति कार्यान्वयमा जोड दिँदै आएको छ ।

Must View