नागरिक पोष्ट News


प्लस टु पढ्ने विद्यार्थीहरु र ४० वर्ष माथिकालाई चाइनिज भेरोसेल खोपको पहिलो मात्रा तारकेश्वरमा

1.2K

काठमाडौं - कोरोना भाइरसविरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा तारकेश्वरमा भोलीदेखि लगाइने भएको छ । प्लस टु पढ्ने विद्यार्थीहरु र ४० वर्ष माथिकालाई खोप लगाइने भएको छ । खोप लगाउनका लागि तारकेश्वर नगरपालिकाभित्रका ११ ओटा वडाका स्वास्थ्य केन्द्रहरुबाट लगाइने कार्यक्रम रहेको नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले बताउनुभएको छ ।

नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहकाअनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि अनलाइनमा गई https://vaccine.mohp.gov.np/  मा अनिवार्य दर्ता नम्वर लिएर जानुपर्नेछ ।

शाहकाअनुसार खोप लगाउन पाइने लक्षित वर्गमा १८ वर्ष माथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परिक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरु र ४० वर्ष भन्दा माथिका नागरिकहरुले आफुलाई नजिक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन् ।

खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउन जाँदा अनिवार्य मास्क लगाउनुका साथै भिडभाड गर्न पाइने छैन । खोप कार्यक्रम भोली र पर्सिलाई तय गरिएको छ ।

Must View