जनैपूर्णिमा र गाईजात्रा पर्व भीडभाड नगर्न : काठमाडौं प्रशासनको आग्रह
812
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा र गाईजात्रा लगायतका चाडपर्व भीडभाड नहुने गरी मनाउन सर्वसाधरणसँग अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बिहीबार सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण तथा जोखिम दर उच्च रहेको भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत रुपमा सांकेतिक रुपले मनाउन आग्रह गरेका हुन् ।