नागरिक पोष्ट News


एस्ट्राजेनेका खोपको पहिलो मात्रा तारकेश्वरमा १५४५ जनाले खोप लगाए

1.3K

काठमाडौं  - कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनेका खोपको पहिलो मात्रा आज तारकेश्वरमा १५४५ जनाले खोप लगाएका छन् । तारकेश्वर नगरपालिकाको वडा नं. १० को शहरि स्वास्थ्य केन्द्र र वडा नं. ६ को धर्मस्थली स्वास्थ्य चौकीबाट खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ ।

तारकेश्वर वडा नं. ६ बाट ६१० जनाले खोप लगाएका छन् । त्यस्तै ३० वर्षभन्दा माथिका २२८ जनाले खोप लगाएका छन् । जसमा २४८ पुरुष र ३६२ महिला रहेका छन् । वडा नं. १० मा ९३५ जनाले खोप लगाएका छन् जसमा ३० वर्ष भन्दा माथिका ५५० जना रहेका छन् भने अन्य ३८५ जनाले लगाएका छन् । जसमा ३८६ जना पुरुष र ५४९ जना महिला रहेका छन् ।

नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहकाअनुसार एस्ट्राजेनेका खोपको पहिलो मात्राका लागि भोली तारकेश्वर वडा नं. ११, १०, ९ र ६ बाट खोप लगाइने भएको छ । खोप लगाउनका लागि अनलाइनमा गई https://vaccine.mohp.gov.np/ मा अनिवार्य दर्ता नम्वर लिएर जानुपर्नेछ ।

शाहकाअनुसार खोप लगाउन पाइने लक्षित वर्गमा विश्व विद्यालय तहको परिक्षा दिन प्रवेश पत्र लिएका विद्यार्थीहरु, नयाँ संसद भवन निर्माणमा संलग्न कर्मचारी र मजदुरहरु, बैदेसिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा बिदेस जाने नागरिकहरु, मृर्गौलाले काम नगरेका डाइलासिस गर्नुपरेका बिरामहरुका लागि, अंग प्रत्यारोपण गरेका व्यक्ति र सो स्थानमा काम गर्ने कर्मचारीहरु, रिहाव सेन्टरमा रहेका व्यक्ति र सो स्थानमा काम गर्ने कर्मचारीहरु, औधोगिक क्षेत्रमा कार्यरत कर्मचारी र मजदुरहरु, माइति नेपालले संरक्षणमा राखेका महिला तथा किशोर किशोरीहरु, सुरक्षाकर्मी एंव स्वास्थ्यकर्मीका परिवारहरु र ३० वर्ष वा सो भन्दा माथि उमेरका नागरिकहरुले खोप लगाउन पाउनेछन् ।

खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउन जाँदा अनिवार्य मास्क लगाउनुका साथै भिडभाग गर्न पाइने छैन ।

 

खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउन जाँदा अनिवार्य मास्क लगाउनुका साथै भिडभाग गर्न पाइने छैन ।

 

farakpatrabata

Must View