नागरिक पोष्ट News


शेयर बजार ३२०० नजिक पुगेर बन्द, २१ अर्ब ३१ करोड रुपैयाँको कारोबार

1K

काठमाडौं - बुधबार नेप्से परिसूचक ३७.८७ अंकले वृद्धि भएर बन्द भएको छ । नेप्से परिसूचक आज ३१९८.१९ विन्दुमा पुगेर बन्द भएको छ ।

आज २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार कित्ता शेयर २१ अर्ब ३१ करोड १३ लाख रुपैयाँमा खरिद विक्री भएको छ । गत आइतबार हालसम्मकै सर्वाधिक मूल्यको शेयर कारोबार भएको थियो । उक्त दिन २१ अर्ब ६४ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । त्यस्तै आज कारोबारमा आएका १३ समूहमध्ये २ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि विकास बैंक समूह, फाइनान्स समूह र उत्पादन तथा प्रशोधन समूहको भएको छ । आज उद्योग ०.४ प्रतिशत र म्यूचुअल फण्ड समूहको परिसूचक १.३९ प्रतिशतले घटेको छ ।

आज ४ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने ५ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ७८ करोड ८७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य ४९८ रुपैयाँ कायम भएको छ ।

Must View