नागरिक पोष्ट News


ऐतिहासिक,धार्मिक, र पर्यटकीय महत्व बोकेको तारकेश्वरधाम हाईकिङ्गका लागि काठमाडौँ उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य

4.9K

काठमाडौँ – ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको तारकेश्वरधाम हाईकिङ्गका लागि काठमाडौँ उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य बन्न थालेको छ। पछिल्लो सयय यो ठाउँ हाईकिङ्गका लागि प्रमुख रोजाइ बन्न थालेको हो।

यसैबीच नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) को अन्वेषण गन्तव्य खोजी देश दर्शन कार्यक्रम अन्तर्गत तारकेश्वर तिनपिप्ले देखि भुवनेश्वरी मन्दिर हुँदै तारकेश्वरधाम सम्म हाईकिङ्ग कार्यक्रमको आयोजना भएको छ।

तारकेश्वर नगरपालिका, तारकेश्वर पत्रकार मञ्च, नेपाल पर्यटन बोर्ड र नाटाको सहकार्यमा आयोजना गरिएको देश दर्शन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीसहित नाटाका पदाधिकारीहरु, पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले तारकेश्वर काठमाडौँ नजीकको उपयुक्त आन्तरिक पर्यटककीय गन्तव्य रहने बताए।

यहाँका प्राकृतिक विविधता, ऐतिहासिक धरोहर र स्थानीय उत्पादनको उचित उपयोग एवं प्रवद्र्धन गरी उपत्यकाकै आकर्षक नमुना पर्यटकीय हब बनाउन नगरपालिकासँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको उनले बताए।

यसै गरि तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले पर्यटन विकासका लागि निरन्तर लागि परेको बताउँदै अहिलेसम्म त्यसै खेर गइरहेका वस्तु एवं प्राकृतिक, ऐतिहासिक धरोहर र धार्मिक सम्पदाको उचित उपयोगको माध्यमबाट सजिलै आन्तरिक एवं विदेशी पर्यटक भित्र्याउन सकिने दाबी गरे।

अहिले यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि तारकेश्वर नगरपालिकाले स्थानीयबासीको सहकार्यमा केही काम गरेको जानकारी गराउँदै उनले पर्यटकीय गन्तव्यस्थलहरूको प्रवद्र्धनसँगै नयाँ ठाउँको पूर्वाधार विकासलाई अघि बढाएर पर्यटक आकर्षित गर्न सकिने बताए।

नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्सका अध्यक्ष अच्यूत गुरागाँइले सम्भावित पर्यटकीय गन्तव्यस्थलको खोजी राष्ट्रिय अन्र्तराष्ट्रीय बजारमा प्रवर्द्धन गर्ने आफूहरुले सहयोग गर्ने बताए।

शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थीत तारकेश्वर धामसँगै भुवनेश्वरी मन्दिर, शान्ति धाम, भ्यूटावर जस्ता थुप्रै पर्यटककीय गन्तव्यहरु यहाँ छन्।

Must View