नागरिक पोष्ट News


सामाजिक अभियान्ता महेश जगं कुवँरको व्यक्तिगत पहलमा बनेको मन्दिरको सम्उद्घाटन मेयर रामेश्वर बोहाराको हातबाट

2.7K

- सबु बस्नेत

काठमाण्डौँ । श्रावण महिनाको अन्तिम सोमबार,श्रावण महिना भग्वान शिवजीको महिना ,हरियालीको महिना , आज विभिन्न  शक्ति पिठहरुमा भग्वान शिवजीको पुजा आरधना तथा अनुष्ठान गरि मनाइयो । त्यसै क्रममा तारकेश्वर नगरपालिका वडा नं १ सागंला लामपिठी कुवँर टोलमा पिपलेश्वर महादेब मन्दिरको सम्उद्घाटन गरिएको छ । तारकेश्वर नगरपािलका को मेयर रामेश्वर बोहोराको प्रमुख आतिथ्यता तथा उहाँको हातबाट पिपलेश्वर महादेबको सम्उद्घाटन गरिएको हो । 

पिपलेश्वर महादेवको मन्दिर सामाजिक अभियन्ता राष्ट्रिय नागरिक समाज नेपालका अध्यक्ष तथा पत्रकार महेश जंग कुवँरको व्यक्तिगत पहलमा बनेको हो । कुवँरले माता पिता तथा बन्धुबान्धप एवं सम्पुर्ण पितृ मोक्षको लागि पिपलेश्वर महादेब मन्दिरको निमार्ण गरेको बताउनु भयो । साथै कुवँरले सोही क्षेत्रमा प्रतिक्षालयको समेत निमार्ण गर्नु भएको छ । पिपलेश्वर महादेबको मन्दिर व्यक्तिगत पहलमा बनेता पनि पार्टी ,पौवा ,बाटो घाटो,मन्दिर सबैको साझा सम्पत्ति होर र यसको जर्गेना हामी सबैले गर्नु पर्ने कुवँर बताउनु हुन्छ । 

त्यसैगरी समाजमा मन्दिर,बाटो ,घाटो, पार्टी पौवा तथा मन्दिर निमार्ण गर्नु आफैमा एक सौर्हानिय कार्य भएको र यस्ता कार्यलाई सबैले सहयोग गर्नु पर्ने र संस्कृति को जर्गेना गर्न महेश जंग कुवँरले आफ्नै व्यक्तिगत तर्फबाट मन्दिर निमार्ण गरेकोमा खुशी व्यक्त गर्दे यसको संरक्षणमा सबैले सहयोग गर्न आग्रह गर्दे नगरपालिकाबाट पनि यस कार्यलाई सहयोग गर्ने तारकेश्वर नगरपलिकाका मेयर रामेश्वर बोहोराले बताउनु भयो । साथै उहाँले कोरोना भईरसको महामारीबाट सबैलाई सुरक्षित भई बस्न र अनिवार्य मास्क लगाई सामाजिक दुरी कायम गर्न समेत सबैलाई आग्रह गर्नु भयो । 

मन्दिर उद्घाटन कार्यक्रममा लोक संस्कृतीको जर्गेना भन्दै खैजडी भजन तारकेश्वर नगरपालिका गुम्बाका समुहले बजाएका र गाएका थिए भने शिव भजन टोखा सपनतिर्थका महिला दिदी बहिनीहरुले गाएका थिए । विहान ७ बजे देखि नै सो मन्दिर परिसरमा श्रदालु भक्तजनहरुको भिड रहेको थियो र भक्तजनहरुले शिवजीको भजन तथा नाचगान गरी भग्वान शिवजीको महिमा तथा आरधना गरि प्रसाद समेत ग्रहण गरेका थिए ।  मन्दिर उद्घाटन कार्यक्रममा अध्यक्ष विदुर सापकोटा, पत्रकार तथा सामाजिक अभियान्ता के वी सम्राट, प्रताप राना,प्रकाश जगं कुवँर ,स्वतन्त्र पत्रकार सघंका अध्यक्ष पुस्कर पाण्डे ,समाजसेवी राजु श्रेष्ठ लगायत सोही क्षेत्रका विशिष्ट व्यतिहरुको ठुलो संख्यामा उपस्थित रहेको थियो । 

Must View