नागरिक पोष्ट News


अफगानिस्तानमा उद्धार कुरिरहेका नेपालीले सिधै ९७७-९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र ९७७-९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सक्ने

2.8K

काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुललाई १५ अगष्ट २०२१ आइतबार तालिबानले आफ्नो कब्जामा लिएको छ । काबुल सहर तालिबानको नियन्त्रणमा आएपछि मानिसहरु अत्तालिएर मुलुक छाड्न तँछाडमछाड गरिरहेका हुन् । अफगानिस्तानबाट उद्धारको प्रतिक्षा गरिरहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन नेपाल सरकारले आव्हान गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका अनलाइन रजिस्ट्रेसनसहित सम्पर्कका लागि भाइबर, हृवाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको छ। अब अफगानिस्तानमा उद्धार कुरिरहेका नेपालीले सिधै ं९७७(९७७४९३२६४५८ ९कन्सुलर सेवा विभाग० र ं९७७(९७७४९३२६४५९ ९परराष्ट्र मन्त्रालय० मा सम्पर्क गर्न सक्नेछन् अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

Must View