नागरिक पोष्ट News


तारकेश्वर नगरपालिका १ मा रहेकोे कप्रोको रुखमा नागको पूजा अर्चना

2.2K

राजन थापा, काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भएबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेकोे छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । आज उपत्यका लगाएत देशको विभिन्न ठाउँहरु नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

यस्तै तारकेश्वर नगरपालिका वडा नम्बर १ मा दुई सय वर्ष पुरानो कप्रोको रुखमा आज नाग पुजा गरिएको छ । धेरै पहिला देखि नै कप्रोको रुखमा नाग नागिनी आउने र रमाउने गरेको स्थानीयहरु बताउँछन् । त्यस ठाउँमा नाग नागिनी आएर रमाउने गरेको धार्मिक बिश्वास रहेकोे छ । यस्ता रुख बिरुवा हुँदा बोट बिरुवाको जरामा नागहरुको बास स्थान बन्नेको छ । तर काठमाडौं भक्तपुर र ललितपुरमा हेर्न हो भने जताततै धुवा धुलोले भरिएको छ । चारैतिर घर नै घरहरु छन । कमै मात्रमा बोट बिरुवाहरु देख्न पाइन्छ। धेरै ठाउँमा भएका बोट बिरुवाहरुको संरक्षण नगर्दा तिनीहरु पनि संरक्षण बिहिन भएका छन र मर्न अवस्थामा पुगेका छन ।

काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर १ मा सय वर्ष पहिलाको कप्रोको रुखलाई स्थानीयहरु मिलेर लगभग सडक बाट ३० फिट माथि पर्खाल लगाएर संरक्षण गरेका छन । त्यस रुखलाई चौतारोका रुपामा परिणत गरेमा फेदमा आएर आमा बाहरुको कुराकानी गर्न थलोलो रुपामा बिकास भएको छ । जहाँ बाट गर्मी मौसममा शितलता लिन सकिनेछ ।

यस ठाउँ लाई केही बजेट छुट्यर व्यवस्थित गरेको खण्डमा यसको संरक्षण हुने स्थानीयको भनाइ छ । कप्रोको रुखलाई आज नागपञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरिएको छ । अझै यस रुखलाई कुनै एउटा मठ मन्दिरले चिनाउने उदेश्यले काम गरेको जनप्रतिनिधिहरुले बताएका छन् । मठ मन्दिर राखेर ठाउँको बिकास भएमा केही चलपहल बढने स्थानीयको भनाइ छ ।

उता जनप्रतिनिधि अचुत राज कुँवरले पनि यस ठाउँको बिकासको लागी वडा र नगरसँग समन्वय गरिरहेको बताउनु भयो । सयौं पहिले देखि नै यस रुख लाई नागले बेर्ने गरेको स्थानीय धुर्व बहादुर केसि र टिपेन्द्र राज कुँवरले जानकारी दिनु भयो ।

हाम्रो समाजमा भएका यस्ता धेरै प्रकारका बोट बिरुवा तथा मठ मन्दिरहरुलाई जोगाइ राखियो भने समाज र गाउँलाई नै धेरै राम्रो हुने र गाउँको बिकासका काममा जहिले पनि निरन्तर लागी रहने बिनोद केसि, किसोर केसि र बिकास राज कुँवार साथै राजेन्द्र बुढाथोकी ले जानकारी दिनु भयो ।

Must View