नागरिक पोष्ट News


नागपञ्चमी विशेष २०७८ : कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दीरमा कालीनागको विशेष पुजा-आजा ( फोटो फिचर )

2.4K

सबु बस्नेत 

काठमाण्डौँ, भक्तपुरको चाँगुनारायण र बनेपा नगरपालिका कुचाको बीचमा रहेको कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दीरमा रहेको कालीनागको विशेष पुजा भएको छ । नागपञ्चमीका अवसर पारेर शिवतान्त्रिक गुरुको पहलमा  २०७८साउन २९गते का दिन विशेष पुजा गरिएको हो । यस वर्ष कोभिड महामारीको कारण नियमित पुजा मात्रै सिमित गरी सम्पन्न भएको छ । अहिले यहाँ कल्पेश्वर महादेव १०८ फिट अग्लो बनाउने  योजना शिवतान्त्रिक गुरुले ल्याउनुभएको छ । यसका लागि गुरुले विशेष अभियान थाल्नुभएको छ, जसमा यस क्षेत्रका स्थानीयहरु सबैले चासो देखाएका छन् । साथै बिभिन्न धार्मिक एवं समाजसेवी व्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्। काभ्रेको बनेपा समेत जोडिएको यो संगम स्थलबाट उपत्यका र बनेपा धुलिखेल साँखु थानकोट नार्गजुन र चन्द्रागिरी समेत देखिन्छ ।  

 

यस विशेष नागपूजा कार्यक्रममा प्रमुख अतिथि पशुपति विकास कोषका कार्यकारी निर्देशक डा। घनस्याम खतिवडा,रामकृष्ण कर्माचार्य मानव कल्याण आध्यात्मिक प्रतिष्ठान को अध्यक्ष , मेघा हस्पितलका सञ्चालक किशोर जगं राणा, लोचन थपलिया स्वतन्त्र पत्रकार तथा मानव कल्याण आध्यात्मिक प्रतिष्ठान को सदस्य ,प्रविण प्रधान पशुपति विकास कोषको सदस्य , बरुण खतिवडा पशुपति विकास कोषको कर्मचारी ,बद्री प्रसाद नेपाल कलमसी कल्पेश्वर कालिका देवी समाजको अध्यक्ष तथा श्रदालु भक्तजनहरूको उपस्थित रहेको थियो । 

यो भक्तपुर जिल्लाको उत्तर पुर्वमा रहेको रत्नचुड रत्नचुडेश्वर महादेबको काखमा रहेको कलमसी कालीका देवी उत्पनेश्वर ब्रमाहिणी र सरस्वती बागेश्वरी क्षेत्रमा पर्दछ । बाल्मिकी श्रषिको तपोभुमि यसको प्राचीन इतिहासको रुपमा रहेको छ र यहाँ कालीनागको पूजाआज परापूर्वकालदेखि नै चलिआएको छ ।  विशेष रुपमा २०६९ साल पाmल्गुन २९ देखि चैत्र ९ गते सम्म श्रीमद भागवत लगाई कालिका देवि कालि नाग कल्प कुण्ड कालिका देवि मन्दिर कालि नाग कल्पकुण्ड कल्पेश्वर कलमसी भनी पुजा गर्दे आएको छ ।

कार्यक्रममा नविन कर्माचार्यले कलमसी कल्पेश्वर महादेवको मुर्ति निर्माण गर्नको लागि सहयोग स्वरुप एक लाख एक हजार दुई रुपैयाँ सहयोग समेत गर्नु भइको थियो । साथै अन्य भक्तजनहरुले पनि आफुले सकेको सहयोग गर्नु भएको थियो । साथै शिवतान्त्रिक गुरुले सो पुण्य भुमि बाटनै कल्पेश्वर महादेबको निमार्ण गर्नको लागि देश तथा विदेशमा रहनु भएका श्रदालु भक्तजनहरुलाई सके आफुले सक्ने सहयोग नसके मन चढाउन सबै भक्तजन हरुलाई आग्रह समेत गर्नु भयो ।  प्राकृतिक छटाले भरिपुर्ण स्वर्गीय आन्नद मिल्ने ठाउँमा सबैले एक पटक नजिकबाट हेरेर बन्दै गरेको मुर्ति लगायत सरचनालाई सहयोग गर्न सो टिमले आफ्नो आफ्नो तर्फबाट पहल समेत गरेका छन् ।  

Must View