नागरिक पोष्ट News


नुवाकोटको शिवपुरीमा डिजिटल एक्सरे संचालनमा , हजारौं नागरिक लाभान्नित ( फोटो फिचर )

3.8K

भोला दीप यात्री , नुवाकोट - नुवाकोट जिल्लाको शिवपुरी गाउपालिकामा डिजिटल एक्सरे सेवा संचालनमा आएको छ।  गाउपालिका स्थित स्वस्थ केन्द्रमा शुक्रबारबाट  डिजिटल एक्सरे संचालनमा आएको गाउपालिकाका स्वास्थ संयोजक उद्दब कार्कीले जानकारी दिनुभयो। 

जिल्लामै  गाउपालिका हरुमध्य मै पहिलोपटक शिबपुरी आधारभुत अस्पतालमा यसप्रकारको सुबिधा जडान गरिएको  बताउदै संयोजक कार्कीले यसबाट छिमेकी गाउपालिका का बिरामी समेत लाभान्नित हुने भन्दै खुसि ब्यक्त गर्नु भयो ।  

गाउपालिका स्थित आधारभुत अस्पतालमा  जापानिज कोनका ब्रान्डको सी आर सहितको एक्सरे सेवा  जडान गरिएको हो । गाउपालिका स्थित  स्वास्थ केन्द्रमा बिगत देखि नै निशुल्क रेबिज खोप सेवा , टीटी खोप सेवा सहित ७ ओटा स्वास्थ सस्थामा २४ सै घण्टा डेलिभरी  सेवा  संचालनमा रहेको गाउपालिकाले जनाएको छ। साथै अध्यक्ष संग बृद्ध बृद्धा कार्यक्रम अन्तर्गत प्रत्येक महिना प्रेसर सुगर जाॅच तथा नि शुल्क औषधी बितरण सहित गाउपालिकामा स्वास्थको क्षेत्रमा उल्लेख्य काम  हुदै आएको  संयोजक कार्कीले बताउनु भयो । 

उपाध्यक्ष संग मातृ शिशु कार्यक्रम अन्तर्गत गाउपालिकामा गर्भवती महिलाहरुलाई कम्तिमा ४ पटक गर्भ जाॅच गर्दा १/१क्रेट अण्डा, रिचार्ज  कार्ड र आयोडिन युक्त नुन बितरण गरिनुका साथै  स्वास्थ्य संस्थामा गएर सुत्केरी हुदा ५०० पोषण खर्च समेत दिने गरिएको छ। अहिले आफ्नै एम्बुलेन्स खरिद गरि गाउपालिका स्थित आधारभुत अस्पतालले बिरामीलाई धमाधम सेवा समेत दिइरहेको गाउपालिकाले जनाएको छ। 

प्रस्तुत छ शुक्रबारबाट संचालनमा आएको  डिजिटल एक्सरे सेवा सुरु हुदै गर्दाको बखतमा देखिएका झलकहरु ( फोटो फिचर )  :

Must View