नागरिक पोष्ट News


विद्यालयको स्थरोन्नतीको लागि ISA परियोजना

1.4K

काठमाण्डौँ, विगत केही वर्ष देखि UKAID ले विश्वको धेरै देशहरुमा International School Award (ISA) सञ्चालन गर्दै आएको छ । विश्वका विभिन्न देशहरुका विद्यालयहरुलाई एक आर्का संग सहकार्यका साथै एक आर्काको शैक्षिक संकार आदान प्रधान गरि बालबालिकाहरुको शैक्षिक गुणस्थर विकाश गर्न यस कार्यक्रमले धरै सहयोग पुर्याएको छ । एक्काइसौं सताब्दीको शिक्षा प्रनालीबाट विषयगत पाठको गहिराइमा गएर अध्ययन अध्यापन गराउन यस कार्यक्रमले  विभिन्न तालिममार्फत विद्यालयको शिक्षा नितिमा नियमित रुपले योजना तयार गरि कक्षा सञ्चालनमा मद्दत पुर्याइरहेको छ । 

British council, Nepal को मााध्यमबाट यो कार्यक्रम नेपालमा सन् २०१२ देखि विभिन्न विद्यालयहरुमा आयोजना गर्दै आएको छ । हाल सम्म नेपाल अधिराज्य भरि ४९३ विद्यालयहरु यस कार्यक्रममा सहभागि भएको र ती मध्ये १४६ वटा विद्यालयहरु प्रतिस्पर्धामा सफल भइसकेका छन् । यस कार्यक्रमले विद्यालयहरुलाई project base learning को माध्यमबाट विद्यालयको गुणस्थर विकासमा धेरै सहयोग भएको देखिन्छ ।

यो कार्यक्रमको मूल उद्देश्य निम्न प्रकारका छन् ः

१. विभिन्न देशका विद्यालयको शैक्षिक संकार एकै छाता मुनि राखि बालबालिकाहरुलाई एक आर्काको अध्ययन शैली आदान प्रदान गर्ने ।

२. एक्काइसौं सताब्दीको शिकाइ क्षमतालाई माध्यम बनाई शैक्षिक गुणस्तरको विकाश गर्ने ।

३. बालबालिकाहरुलाई विश्वब्यापि रुपमा आफ्नो दाइत्व र कर्तब्य शिक्षा प्रधान गर्ने ।

 सोहि अनुरुप शैक्षिक वर्ष २०२०।२१ मा पनि यो कार्यक्रम आयोजना गरिएको छ र नेपाल अधिराज्यबाट १८३ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । ती मध्ये यस कार्यक्रममा संलग्न भएका नयाँ बजार काठमाण्डौको बालरमन बाटिका, हात्तीवन ललितपुरको फेरिज वल्र्ड इ.सि.डी., माहालक्ष्मी ५ टिकाथलीको किन्डर ज्वोय मन्टेश्वरी र भैसिपाटी ललितपुरको माइलस्टोन प्री स्कुलका विभिन्न पाठ र परियोजनाका अनुभवहरु प्रस्तुत गरेका छौं ।

बल रमण बाटिका मन्टेश्वरी प्रिस्कुल

ब्रिटिस काउन्सिलले आयोजन गर्दै आएको आइ एस ए परियोजना २०२०÷२१ मा हाम्रो स्कुलका बालबालिकाहरुलाई पनि सहभागी गराउन पाउँदा निकै खुसी लागेको छ । कोभिड १९ को महामारीले शिक्षालाई भर्चुअल रुपमा अनलाइन लग्नुपर्ने बाध्यतासँगै आइ एस ए परियोजना गत वर्षबाट नै सुरु गर्ने अनुमति पाए लगतै हामीले हाम्रा बालबालिकाहरुसँग उक्त परियोजनाका क्रियाकलापलाई भनी भर्चुअल अनलाइन शिक्षा ZOOM मार्फत नै अगाडि बढायौं । यसअन्तर्गत बाल रमण बाटिकाका  विभिन्न आठवटा परियोजना हरुमा आफनै देशका एक सामुदाइक तथा केहि निजी  विद्यालयहरु संग सहकार्य गरियो भने  विदेशका विभिन्न विद्यालयहरु संग सहकार्य गर्ने क्रममा भारत, नाइजेरिया र बेलायत का  प्रिस्कलहरु संग सहकार्य गरेको छ । तिनिहरुमध्ये एकदमै प्रभावकारी रहेको परियोजना शिर्शक थियो Preparing Kids for the Real world जसमा बालबालिकाहरुलाई संसारकै लागि एक असल र जिम्मेवार नागरिक तयार गर्नको लागि  के कस्ता सीपको विकास गर्नुपर्छ भन्ने कुरामा आधारित थियो। आत्मनिर्भर हुन सिकाउनु अथवा जिबन उपयोगी सिप (Life skill activities) को विकास गर्नु अहिलेको एक्काइसौं शताब्दीकै एउटा महत्वपूर्ण सीप पनि हो । ब्रिटिस काउन्सिलको आइ एस ए परियोजना अन्तर्गत हाम्रा चार र पाँच वर्ष उमेर समूहका बालबालिकाहरुले यस परियोजनामा अन्तर्राष्ट्रिय साझेदारीमा बेलायतको West Well Primary School सँग सहकार्य गर्नुभएको थियो जसमा बालबालिकाहरुले आ–आफ्नो देश मा सानैदेखि Life Skill के–कस्ता क्रियाकलापहरुमा सहभागी भईन्छ के कस्ता क्रियाकलापहरु आत्मनिर्भर हुनको लागि गर्नुपर्छ भन्ने कुराहरु सिक्ने क्रममा सर्वप्रथमतः उनीहरुले एक अर्काको देशको बारेमा खोजि  गर्नुभयो जस्तै बेलायतको नानीहरुले विश्वलाई चिनाउने सगरमाथा नेपालमा रहेको अनि हाम्रो देशको झण्डा कति राम्रो र Unique  छ भन्ने कुरा जान्नुभयो भने हाम्रो देशका बालबालिकाहरुले त हामीले गाउने London bridge is falling downभन्ने गीतको लन्डन bridge बेलायतको लण्डनमा भएको कुरा थाहा पाउनुभयो यसरी एक अर्काको देशको बारेमा छोटो जानकारी संकलन गरिसकेपछि उहाँहरुले एक अर्काको देशमा चलनचल्तीमा रहेका जीवन उपयोगी सीप लाई विभिन्न शृंखलामा सीप सिक्दै एकअर्कोसँग सिकाइलाइ आदान प्रदान गर्नुभयो जस्तै कसरी एकले अर्कोलाई अभिबादन गर्ने कसरी एकअर्काको कामलाई प्रशंसा गर्ने भन्ने जस्ता कुराहरु  आदान प्रदान गर्नुभयो । त्यसैगरी कसरी सामानलाइ काम सकेपछि ठाउँमा राख्ने कसरी आफूले आफ्नो काम आफै गर्ने जस्तै आफ्नो लुगा, जुत्ता आफै लगाउने आफू बस्ने ठाउँ आफैंले सफा गर्ने त्यसरी नै घरको सरसफाईमा आफूले सक्ने कुरामा कसरी सहयोग गर्ने, आफुले सक्ने आफ्नो खाना आफै तयार गर्ने लुगा धुने, भाँडा माझ्ने जस्ता विभिन्न क्रियाकलापहरुमा दुवै देशका बालबालिकाहरूले सहभागी भएर एकअर्कासँग आफुले सिकेका क्रियाकलाप आदान प्रदान गर्नुभयो। त्यसैगरी आफ्नो वरपर रहेको वातावरणलाई कसरी सफा राख्ने,बिरुवाहरू, जनावरहरूको हेरचाह गर्ने जस्ता कुराहरु पनि सिक्नुभयो र एकअर्कासँग आफ्नो सिकाइलाइ आदान प्रदान गर्नुभयो । बालबालिकाहरुले जीवन उपयोगी सीप को बिकास गर्नेक्रममा आफ्नो देशको मात्र नभइ आफ्नो सहकार्य गरेका विद्यालयले सिकाउनुभएका सिप पनि बालिकाहरुले उत्सुकताका साथ महत्व दिएर सिक्नुभयो । यसरी विभिन्न क्रियाकलापहरुमा बालिकाहरुकले प्र्रत्यक्ष रुपमा सहभागी हुन पाउँदा बालबालिकाहरुमा नेतृत्व लिन सक्ने अनि आफुलाई लागेको कुरा प्रस्तुतिकरण गर्नसक्ने सीपको पनि विकास भएको पाइयो । त्यसरी नै शिक्षक शिक्षिकाहरुमा पनी शिक्षण सिकाइ शैलिलाइ अझै कसरी ब्यवहारिक तथा प्रयोगात्मक बनाउने र आफ्नो व्यक्तित्व विकासमा पनि सकारात्मक परिवर्तन आएको छ ।  आउने वर्षहरुमा पनि हामीले यसरी नै लाई विभिन्न परियोजनाहरुमा क्रियाकलापहरु अगाडि बढाउनेछौ । ब्रिटिस काउन्सिललाई यो आइ एस ए यात्रामा सहभागी हुने विशेष अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु ।

फेरिज वल्र्ड ई. सि. डि. मण्टेश्वरी विद्यालय

विश्वब्यापी रुपमा फैलिएको covid 19 को माहामरीको र luck down को असहज परिस्थितीमा कक्षा सञ्चालन गर्नु पर्ने हामीलाई ठूलो चुनौती थियो । यसका बावजुत पनि हाम्रो विद्यालयले यस कार्यक्रम अन्तरगतका परियोजनाहरुको सुरुवात गर्यौ । सर्वप्रथम हामीले अभिभावकहरुलाई कार्यक्रमको बारेमा virtual जानकारी गराइ, सहकार्यको लागि अनुरोध गरौं । अभिभावकहरु र साथसाथै British Council को सहयोगबाट हामीले परियोजनाहरु क्रमबद्ध अघि बढाउँदैं गयौं । यसरी पाठहरु अघि जाँदै गर्दा हाम्रा बालबालिकाहरुले पनि पाठहरुलाई गहिराइमा बुझेका पाइयो । हामीले यो कार्यक्रमको शुरुवात गरे पछि शिक्षिकाहरुको पाठनपाठन शैलिमा पनि धेरै परिवर्तन आएको हामीले पाएका छौं । हुनत हाम्रो विद्यालयको सिकाइ शैलि ब्यवहारिक तथा प्रयोगात्मक नै थियो तर पनि British Council sf] ISA project मा सहभागि भए पछि यो शैलि  अझ प्रभावकारी भएको अनुभव गरेका छौं । बालिकाहरुको पाठको बुझाइ पछि प्रस्तुत गर्ने तरिकाको स्तर अझ उच्च भएको पाएका छौं ।

यस कार्यक्रममा हाम्रो विद्यालयले देश तथा विदेशका विभिन्न विद्यालयहरु संग सहकार्य गरेको छ । विदेशमा पाकिस्थान र भारतका विद्यालयहरु संग विभिन्न ४ वटा कार्यहरुमा सहकार्य गर्यौ । नेपाल भित्रबाट एक सामुदाइक तथा केहि निजी  विद्यालयहरु संग सहकार्य गरियो । यसले हाम्रा विद्यालयका नानीहरु अझ सक्रिय भइ कार्य प्रस्तुत गरेका पायौं ।

हामीले तयार पारेको आठ वटा परियोजना मध्ये Sports for my life ​​​​​​​अत्यन्त प्रभावकारी देखियो । यस परियोजनामा हाम्रा बालबालिकाहरुलाई हाम्रो जीवनमा खेलको महत्वको बारेमा बुझाउने कोशिश गरेका थियौं । यसमा हाम्रो विद्यालयले विद्यालय भित्रका कार्यक्रम मात्र नगरी हाम्रा नानीहरुलाई अन्य विद्यालयका नानीहरु संग सहकार्य गरायौं । यस पाठमा सबैभन्दा प्रभावकारी पाटो भनेको हामीले हाम्रो नानीहरुलाई राष्ट्र स्तरको खेलमा सहभागी गरायौं । Nepal Olympic committee ​​​​​​ले आयोजना गरेको Olympic Day 2020 celebration कार्यक्रममा हाम्रा बालबालिकाहरुले virtually विभिन्न खेलहरु प्रदर्शन गरे । यस कार्यक्रमबाट हाम्रा नानीले इथिmउष्अ को बारेमा धेरै कुरा जान्न पाए । यस कार्यक्रममा हाम्रो विद्यालयको साथै अन्य ५४ वटा विद्यालय पनि सहभागी भएको थियो । यसरी हाम्रा बालबालिकाहरुले धेरै विद्यालयहरुको सहभागिता रहेको कार्यक्रममा आफ्नो प्रर्दशनी गर्ने मौका पाए ।

यसरी हाम्रा बालबालिकाहरुले  आठ वटा परियोजनामा विभिन्न देश तथा विदेशका विद्यालयको कार्यक्रमहरुमा सहभागी भइ विभिन्न अनुभव बटुल्न पाए । यसले विद्यार्थीको शैक्षिक गुणस्तर र शिक्षण सिकाइमा ठूलो टेवा पुगेको छ ।

हामी विद्यालय परिवार British council, Nepal प्रति हामी आभारी छौं ।

  

माइलस्टोन प्री स्कुल

ISA प्रोजेक्टको बारेमा मेरो अनुभव बाँड्नु पर्दा हामीले Covid 19 को महामारी तथा वन्दा – वन्दिको सुरुवाती संगै ISA Project अगाडि बढाएका  थियौं । विभिन्न चुनौतीका बाबजुद पनि हामीले ISA क्रियाकलाप अगाडि बढायौं । Project based learning भएको कारणले गर्दा बाल सिकाई प्रभावकारी नै भएको मैले अनुभव गरेँ । बालबालिकाको जीवन सिकाइलाई मध्ये नजर गर्दै उनीहरूको संलग्नतामा क्रियाकलापहरु सम्पन्न भए । सबै प्रोजेक्टहरु ले बालबालिकाको सर्वाङ्गीण विकास गर्नुका साथै एक्काइसौं शताब्दीका जीवनसिप हरु जस्तैः समस्या समाधान गर्न सक्ने, सोच्न र सिर्जना गर्न सक्ने, लागेको कुरा भन्न सक्ने, विभिन्न टेक्नोलोजीमा उपकरण र विधि प्रयोग गर्नसक्ने तथा नेतृत्व लिनसक्ने सिपको विकास भएको मैले पाएँ । ISA Project ​​​​​​​ मार्फत यो पाली हाम्रा बालबालिकाले जम्मा ८ वटा परियोजनामा काम गरे पनि सबै पयिोजनाको बारेमा वर्णनगर्दा लामो हुने भएकोले कुनै एकको अनुभव मैले यहाँ उल्लेख गर्न चाहेँ । 

बालबालिकाहरु प्राकृतिकरुपमा नै जिज्ञासु स्वभावका हुन्छन् । ८ परियोजना मध्ये (Little scientists (Watching things move)भन्ने परियोजनामा बालबालिकाले दैनिक बहने हावा र बग्ने पानीको सुक्ष्म अवलोकन गर्नको साथै आफैं संलग्न भइ हावाको वेग सँग चल्ने सामान र पानीसँग बग्ने सामानको अवलोकन गरे यसका साथै उनीहरुले कस्ता वस्तुको चाल छिटो हुन्छन् भन्ने कुरा पनि क्रियाकलाप मार्फत सिके । यति मात्र नभई उनीहरुले आफ्नो देशको पानीघट्ट र आफ्नो छिमेकी देश भारतको हावा चक्की र तिनका कामको पनि जानकारी लिए यसरी दुई देशबीच बालबालिकाले आफ्नो देशमा भएको कुरा एक अर्कामा साटासाट गरे र साथै आफ्नो देशको बारेमा साथै दुई देशको बारेमा पनि दिइने जानकारी हासिल गरे । समग्रमा भन्नुपर्दा ISA Project ले बालबालिकाको सिकाइमा मात्र नभई दुई देशबीचको सम्बन्ध र सिकाइ सँगै लाने रहेछ शिक्षाको गुणस्तर बढाउनुको साथै यसले बालबालिकाको विभिन्न सीपको पनि विकास गर्दोरहेछ ISA programme साच्चैमा बाल विकास र शिक्षक शिक्षिकाको व्यवसायिक विकास तथा व्यक्तित्व विकासमा पनि निकै उपयोगी रहेछ ।

 किन्डर ज्वोय मन्टेश्वरी

British Council द्धारा विश्वका बिभिन्न देशहरुमा सञ्चालन गरिरहेको International School Award​​​​​​​ नेपालमा पनि सन् २०१२ देखि सञ्चालन गरिएको हो । यो कार्यक्रममा हालसम्म ४९३ वटा बिद्यालयहरु सहभागी भै सकेका छन् भने १४६ वटा बिद्यालयहरु ISA Award बाट सम्मानित भैसकेका छन् ।

British Council  द्धारा २०२०÷२०२१ को लागि सञ्चालन गरिरहेको ISA Journey ​​​​​​​मा किण्डरजोय मन्टेश्वरी स्कुल पनि छनौट भै सहभागी भएको हो । यस Journey मा सहभागी भए देखि नै हामीले धेरै राम्रा र नयाँ कुराहरु सिक्ने अवसर प्राप्त गरेका छौं । प्रत्येक बिषय वस्तुमा गहिराई सम्म पुगेर अध्ययन गरिने यस यात्राको शुरुवातमा बर्ष भरि कार्यक्रम गर्नको लागि ब्अतष्यल एबिल तयार गर्नुपर्ने थियो र सो को लागि Action Plan तयार गरी स्वीकृतिको लागि British Council ​​​​​​​ प्रस्तुत गरियो । यस Action Plan एबिल मा ८ वटा Projects (परियोजनाहरु) Healthy Habits and Good Manner, Our Culture - Our Pride, The world of Animal, Connecting with shapes, Health and Wealth with Newari Dish, Community Helpers, Digital Technology and Communication / Stress Free Learning Through Play रहेका छन् र सोही परियोजनाहरुमा हामीले काम गरेका छौं । यी मध्ये पहिलो ३ परियोजना बिभिन्न देशका बिद्यालयहरुसँग मिलेर अर्थात दुई मुलुकका बिद्यालयहरुसँग सहकार्य गर्नुपर्ने थियो जसमा हाम्रो बिद्यालय र पाकिस्तानका बिद्यालयहरु आर्मि पब्लिक स्कुल, मुस्लिम ह्याण्ड कम्युनिटि स्कुल, मुस्लिम ह्याण्ड मोडल स्कुल, पेशावर पाकिस्तान तथा पायोनिर इन्टरनेशल स्कुल इण्डियासँग सहकार्य गरियो । यी विविध परियोजनामा दुबै देशका विद्यालयमा अध्ययनरत बालबालिकाहरुले आफुले पालन गरेका वा पालन गर्ने राम्रा बानी, ब्यवहार र संस्कार, दुबै देशका संस्कृति, रितिरिवाज, भाषा, खानपान तथा आफ्ना देशका राष्ट्रिय जनावर, लोपोन्मुख जनावर, घरपालुवा तथा जंगली जनावरको बारेमा ब्यावहारिक अध्ययन गरेका छन् । त्यस्तै चौथो परियोजना स्थानिय सामुदायिक बिद्यालयसँग सहकार्य गर्नुपर्नेमा महालक्ष्मी नगरपालिका ५, टिकाथलीमा अवस्थित श्री महेन्द्रग्राम मा.बि.का पूर्व प्राथमिक तहका बालबालिका र यस किण्डरजोय मन्टेश्वरी स्कुलका बालबालिकाहरु बिच सिकाईको नयाँ नयाँ बिधिको प्रयोग गरी सहकार्य गरियो । पाँचौ परियोजना स्थानिय समुदायको सहभागितामा स्थानिय परिकारको बारेमा बालबालिकाहरुलाई जानकारी दिदै पकाउने तरिका पनि देखाईयो÷सिकाईयो । त्यस्तै सामुदायिक सहयोगीहरुको अनुभव, वहाँहरुले प्रदान गर्ने सेवाहरु र वहाँहरुको महत्व, वहाँहरुबाट सिक्नु पर्ने कुराहरुको बारेमा जानकारी नर्स तथा प्रहरीहरु मार्फत बालबालिकाले प्राप्त गरे । वर्तमान असहज परिस्थितिमा पछिल्लो दुबै परियोजना सान्दर्भिक रह्यो । प्रविधिको प्रयोग बिना अध्ययन गर्न समेत असम्भव रहेको अवस्थामा बालबालिकाहरुले प्रविधिको बारेमा भरपुर ज्ञान ब्यावहारिक रुपमा प्राप्त गरे साथै विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण बालबालिकाहरु बिद्यालयमा भौतिक रुपमा उपस्थित भै अध्ययन गर्न नसकिरहेको वर्तमान अवस्थामा बिभिन्न प्रविधिको उपयोग गरी अनलाईनको माध्यमबाट शिक्षा प्राप्त गरिरहेका छन् । र प्रविधिको भरपुर उपयोग हालसम्म पनि गरिनै रहेकाछन् ।

वर्तमान असहज परिस्थितिका कारण स–साना बालबालिकाहरुले अनावश्यक तनावको सामना गर्नुपर्यो । उनीहरु भौतिक रुपमा बिद्यालयमा उपस्थित भएर अध्ययन गर्नबाट बन्चित भए । परिवार, टोल, समाजमा कोरोनाका कारण उत्पन्न बिषम परिस्थितिको प्रत्यक्ष देखाई भोगाईबाट उनीहरु अनावश्यक तनाव वहन गर्न बाध्य भए । त्यसैकारण वर्तमान अवस्थामा Stress free learning through play​​​​​​​ यो ISA Journey ​​​​​​​ को अत्यन्तै सान्दर्भिक बिषय रहेको मान्न सकिन्छ । कोभिड १९ का कारण घर बाहिर निस्किन समेत नपाएको अवस्थामा अनलाइन मार्फत नै भए पनि खेलको माध्यमबाट रमाइलो गर्दै अध्ययन गर्दा उनीहरुमा सकारात्मक उर्जा प्राप्त भएको देख्न सकिन्छ । हाल आएर बालबालिकाहरु अनलाइन कक्षामा बस्न समेत उत्साहित भएको पाइन्छ । यस क्रममा बिद्यालयले अनलाइन मार्फत बिबिध क्रियाकलापहरु गर्दै बालबालिकाहरुलाई घरमा नै रमाइलो गर्दै खेल्दै अध्ययन गर्न लगाईयो । त्यसै क्रममा बालबालिकालाई अभिनय, कथा, नृत्य तथा संगित सिकाउने तथा गर्न लगाउने, योगा अभ्यास गराउने, बिभिन्न लोकप्रिय नेपाली चाडपर्वहरु मनाउने, बिभिन्न दिवसहरु मनाउने, मनपर्ने बिभिन्न खेल सामग्रीहरु बनाउने, मनपर्ने चित्र बनाउने, अन्तरराष्ट्रिय किण्डर ओलम्पिकमा सहभागीता गराउने गरियो । त्यस्तै परियोजनाकै कार्यक्रम अन्तर्गत छिमेकी मुलुक इण्डियाको पायोनियर इन्टरनेशनल स्कुलको सहकार्यमा सुपर ब्रेन योगा कार्यक्रम पनि सञ्चालन गरिएको थियो । यि विविध क्रियाकलापका कारण बालबालिकाहरु तनावबाट मुक्त रहन प्रभावकारी रह्यो साथै बालबालिकाहरु अध्ययन गर्न तथा नयाँ–नयाँ कुराहरु सिक्नको लागि उत्साहित भएको पाईयो ।

निस्कर्ष

२१ औं शताब्दिका कर्णधार अहिलेका बालबालिकाहरुलाई अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने हैसियतको बनाउन ISA​​​​​​​ सबै विद्यालयहरुका लागि एउटा राम्रो अवसर हो । बालबालिकाहरु शारिरीक मानसिक रुपमा सबल हुनु, कुनै बिषय वस्तुको बारेमा राम्रा नराम्रा पक्ष केलाउन सक्नु, बिभिन्न समस्याहरुको समाधान गर्ने प्रयास गर्नु, नयाँ–नयाँ कुराहरु प्रति जिज्ञासा राख्नु, अन्तरक्रिया गर्न सक्नु, निर्धक्कसँग बोल्न सक्नु, सहकार्य गर्ने बानीको विकास हुनु आजको एक्काइसौं सताब्दीको आवश्यकता हो । यस यात्रामा सहभागी बिद्यालयहरुले विद्यालयको शैक्षिक स्तर बढाउन र शिक्षक शिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्न योजनाबद्द तरिकाले कार्य सम्पादन गरिएको पाइन्छ । यस ISA Journey का हरेक परियोजनाहरुको सफल सञ्चालन तथा प्रयोगका कारण बिद्यालयहरुको शैक्षिक स्तर बृद्धि गर्न गरेका प्रयास अझ प्रभावकारी हुन पुगेको छ । स्थानिय तहमा रहेको सामुदायिक विद्यालयसँगको सहकार्यले दुबै बिद्यालयका बालबालिकाहरुको अतिरिक्त सिकाई महत्वपूर्ण हुनाका साथै बिभिन्न मुलुकका फरक फरक बिद्यालयका बालबालिकासँगको सहकार्यले बालबालिकाको आत्मबल मजबुत हुन गएको पाइन्छ । यसरी बिद्यालयद्धारा हाल सञ्चालन गरिएका विविध क्रियाकलापहरुका कारण भविष्यमा बालबालिकाहरु असल तथा जिम्मेवार नागरिक बन्नका लागि महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

Must View