नागरिक पोष्ट News


घुस अस्वीकार गर्ने ३६ ट्राफिक प्रहरी पुरस्कृत

1.3K

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारवाहीका क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकको प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने ३६ ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान गरेको छ ।

सम्मानित हुनेमध्ये नौ जनालाई भने वृत्ति विकासमा सहयोग पुग्ने गरी अभिलेख रहने गरी पुरस्कार दिइएको छ ।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्नका लागि अन्य प्रहरीलाई प्रेरणा मिलोस् भनेर महाशाखाले उक्त अभियान थालेको जनाइएको छ ।

सोही क्रममा ४९ चालकलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको थियो ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले नियम उल्लङ्घनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको प्रष्ट पार्नुभयो ।

Must View