नागरिक पोष्ट News


परीक्षार्थी विद्यार्थीले प्रवेशपत्रका आधारमा खोप लगाउन पाउने

1.1K

काठमाडौं । सरकारले विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने भएको छ ।

प्रवेशपत्रका आधारमा परीक्षार्थी विधार्थीले खोप लगाउन पाउने निर्णय भएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्विटरमार्फत जानकारी दिए ।

विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौंका वीरेन्द्र सैनिक, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी बल बलम्बु अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रबाट खोप पाउने छन् । यसबाहेक सबै प्रदेशबाट परीक्षार्थीहरूलाई खोप वितरणको व्यवस्था गरिएको छ।

Must View