नागरिक पोष्ट News


Why ' कुरा बुझ्न पर्च’ आँचल शर्मा र स्वस्तिमा खड्काको चटपटे जोडी भिडियोमा

1.6K

जनमानसले सहजै टिप्ने र गुन्गुनाउने शब्दमाला निर्माण गर्नु प्रकाशको विशेषता हो । उनी गह्रुंगा खालका सन्देश पनि सरल र ठेट शैलीमा सम्प्रेषण गर्न सक्छन् । यो गीतका शब्दमा पनि उनको त्यही क्षमता प्रकट भएको छ ।

गीत मनोरञ्जनात्मक मात्रै नभएर सन्देशमुलक पनि छ । प्रकाशले गीत र भिडियोमार्फत फरक तरिकाले महिला सशक्तीकरणको वकालत गर्न खोजेका छन्। तर, यसनिम्ति पर्याप्त विषयवस्तु भने उनले पेस गरेका छैनन् । सम्भवतः गीतलाई धेरै गह्रुंगो बनाउन नखोजेको हुन सक्छ । धन-सम्पत्ति भएको भन्दा माया गर्ने श्रीमान् चाहिन्छ भन्ने मुख्य भाव बोकेको छ गीतले ।

संगीतमामात्रै नभएर भिडियोमा पनि प्रकाशले आफ्नो सिर्जनशीलताको भरपुर प्रयोग गरेका छन् । गीतको भिडियोमा कथा भन्ने शैलीलाई यसमा पनि उनले निरन्तरता दिएका छन् ।

कतिपय त्रुटीहरू नभएका होइनन् । जस्तो कि यो गाउँका युवतीहरूको कथा हो कि सहरका भन्नेमा विरोधाभास देखिन्छ । आँचलले आफूलाई आँखा झिम्क्याउने केटाको सुरुवाल तानिदिएको दृष्य रमाइलो त छ, तर अर्थपूर्ण छैन ।

यस्तै, आफूलाई माग्न आउने केटालाई आँचलले प्रदीप खड्काको तस्वीर देखाउनु र थप्पड हानेर हिँड्नुको कारण खुल्दैन । बरु अन्तिममा मिन्स भएकी गर्लफ्रेन्डका लागि व्वाइफ्रेन्डले प्याड ल्याइदिएको दृष्यले धेरै युवतीलाई मन पर्न सक्छ ।

Must View