नागरिक पोष्ट News


कोरोना संक्रमितको संख्या बढदै गएसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले थप एक हप्ता लकडाउन गर्ने

0.9K

पुष्कर खड्का ,रामेछाप । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले जारी लकडाउनलाई एक हप्ता लम्ब्याउने निर्णय गरेको छ । 

रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा आज बसेको कोभिड–१९ जिल्ला स्थानीय संकट व्यवस्थापन समितिको बैठकले भाेलीबाट लागू हुने गरी लकडाउन जेठ २६ गते राति १२ बजे सम्मको लागि लकडाउन थप गरेको हो । यसअघि घोषणा गरिएको लकडाउन बुधबार मध्यरात १२ बजेबाट सकिदै छ । 

 

192656322_295737502250111_2863052814727335569_n.jpg

 

194272434_338025801174512_2160099008845659243_n.jpg

प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूका अनुसार अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन,हिडडुल गर्न यात्रु बाहक सवारी सञ्चालन गर्न, भेला, प्रशिक्षण, तालिम, गोष्ठी, पूजापाठ, मेला, महोत्सव, हाटबजार, जात्रा, पर्व, खेलकुद लगाएतका कार्य गर्न  पूर्ण रुपमा रोक लगाइएको छ भने विवाह, व्रतबन्धजस्ता जस्ता सामाजिक कार्य गर्दा बढिमा ८ जनासम्म व्यक्ति र बढिमा १ वटा सानो सवारी साधन प्रयोग गरी गर्न दिने निर्णय भएको छ ।

यसअघि हप्ताको २ साता मात्र सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालन गर्ने गरी आलोपालो स्टिममा न्यूनतम कर्मचारीबाट हप्ताको ३ दिन बिहान १० बजे देखी दिउँसो १ सम्म अत्यावश्यक सेवाहरु प्रवाह गर्नुपर्नेछ ।

त्यस्तै यसअघि बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुँदै आएको खाद्यान्न सामाग्री तथा पशुपञ्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी र ग्यास लगायतका अत्यावश्यक सामाग्री पाइने पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण पालना गरी बिहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको जिल्ला स्तरीय कोडिभ–१९ सङ्कट ब्यवस्थाप केन्द्र रामेछापले जनाएको छ ।

Must View