रामेछापमा थप १० जनालाई कोरोना सङ्क्रमण पुष्टि
पुष्कर खड्का २४ साउन , रामेछाप । रामेछाप जिल्लामा आइतबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
यो सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ३९ जना पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार आइतबार जिल्ला अस्पतालमा ७ जना, र गोकुलगंगा गाउँपालिकामा ३ जना गरि १० जनामा एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनु भयो । उहाँका अनुसार रामेछापमा कोरोना सङ्क्रमित हुनेको कुल संख्या २ हजार ९ सय १ जना पुगेको छ ।
जिल्लामा २ हजार ६ सय ४० जना संक्रमण मुक्त भएका छन् । ३४ जनालाई थप उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पतालमा रिफर गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमणबाट २२ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ।