नागरिक पोष्ट News


सिमराका मिटर ब्याजीद्वारा ज्यान मर्ने धम्की, महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी

1.2K

बाराको जितपुरसिमरा उपमहानगरपलिकाको मुख्य बजार सिमरामा मौलाउँदो ‘मिटर ब्याज’को अबैध धन्दाले सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ । गैरकानुनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ताले ज्यान मर्ने धम्की दिन थालेका छन ।

बारा जितपुरसिमरा उपमहानगरपलिका वडा नम्बर २ घर भएका सुदिप रिमाल यस क्षेत्रका चर्चित मिटर ब्याजी रहेको पाइएको छ । उनी सँगै अर्का एक पिपरा सिमराका राजेन्द्र उप्रेती समेत सहकार्य गर्दै आएको पाइेको छ । जस मध्य रिमालले आफु सँगै आर्थिक करोबार गर्ने सोझा साझा मनिसलाई सहयोग गरेको झै गरी केही रकम सरसापोटी दिने र पछी उक्त रकममा मिटर ब्याज लगाउने गरेका छन भने उप्रेती मिटर ब्याजको पैसा तिर्न भन्दै धम्काउने र ज्यान मर्ने समेत धम्की दिने गरेको देखिएको छ ।

हाल उनिहरु दुबै बिरुध महानगरीय प्रहरी परिसर काठमाडौंमा मनिस पक्राउ गरी आवश्यक कारबाही गरी पाउ भन्दै निबेदन दर्ता भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरिले उनिहरुको खोजी समेत गरिरहेको बताएको छ ।

Must View