नागरिक पोष्ट News


तारकेश्वरमा कोरोना संक्रमितको संख्या २४ घण्टामा ५१ जना थपिए

1.2K

 काठमाडौं - तारकेश्वर नगरपालिकामा दोस्रो चरणमा कोरोना संक्रमितको संख्या ३१३५ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारीअनुसार १४६७ महिला र १६६८ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या २६६० रहेको छ । अहिलेसम्म ५० जनाको मृत्यु भएको छ । जसमा २३ महिला र २७ पुरुष रहेका छन् । संक्रिय संक्रमितको संख्या २१८ महिला र २०७ पुरुष गरी ४२५ जना पुगेका छन् ।

त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ६३ जना पुगेको छ । वडा नं। २ मा २२३ जना रहेका छन् । वडा नं। ३ मा ११३ जना रहेका छन् । वडा नं। ४ मा ३०७ छन् । त्यस्तै वडा नंं। ५ मा ३५१ जना छन् । वडा नं। ६ मा ३१८ जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं। ७ मा २९८ जनामा कोरोना संक्रमण देखिएको छ ।

वडा नं। ८ मा ४२० जनामा कोरोना संक्रमण देखिएको छ । वडा नं। ९ मा ३७७ जनालाई संक्रमण देखिएको छ । वडा नं। १० मा ३७८ जना छन् र वडा नं। ११ मा २९० जना सक्रिय संक्रमित रहेका छन् । तारकेश्वर नगरपालिकामा आजको डाटाअनुसार ३२ महिला र १९ पुरुष गरी ५१ जनामा कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म तारकेश्वरमा २७२८ जनाको एन्टिजेन टेष्ट गर्दा ५३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १३ जनाको एन्टिजेन टेष्ट गर्दा ६ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै तारकेश्वरमा ४१० जना होम आइसोलेसनमा रहेका छन् भने १५ जना अस्पतालको आइसोलेशनमा रहेका छन् ।

साङ्ला प्राथमिक केन्द्रको आइसोलेशनमा अहिलेसम्म ६५ जना भर्ना भएर उपचार गराइरहेका छन् । जसमा ६१ जना डिस्चार्ज भएर घर गएका छन् भने ४ जनालाई रेफर गरिएको छ । २४ घण्टामा ० जना कोरोना संक्रमित बिरामी थपिएका छन् ।

farakpatrabata 

 

Must View