नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाको बालकुमारी माध्यमिक विद्यालय साङला वडा नं। १ बाट भेरोसेल खोप लगाइने

1.7K

काठमाडौं - तारकेश्वरमा साउन २० र २१ गते दुई दिन ५० वर्षदेखि माथिका नागरिकलाई एक स्थानबाट कोभिड भ्याक्सीन भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले आज निकालेको विज्ञप्तीमा बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने तयारी गरेको बताउनुभएको छ । खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य लिएर जानुपर्नेछ ।

तारकेश्वर नगरपालिकाको बालकुमारी माध्यमिक विद्यालय साङला वडा नं। १ बाट भेरोसेल खोप लगाइने भएको छ ।

खोप लगाउनका लागि ५० वर्ष पुगेका नेपाली नागरिकहरु, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरुलाई उनिहरुको परिचय पत्र र नागरिकताको आधारमा लगाइने भएको छ ।

त्यस्तै सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई पनि लगाइने भएको छ । बैदेसिक रोजगारीमा जाने नेपाली नागरिकहरु र नेपाल सरकारकाले तोकेका अत्यावश्यक सेवा संलग्न बाँकी व्यक्तिहरुलाई पनि लगाइने भएको छ । खोप लगाउन जाँदा अनिवार्य रुपमा नागरिकता वा उमेर खुल्ने परिचय पत्र लैजानुपर्नेछ ।

फोटो फरकपत्रबाट

Must View