नागरिक पोष्ट News


सुजिता हत्या प्रकरणमा उनकै बाबुसहित थप तीनजना पक्राउ

1.2K

काठमाडौं :  महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्याको घटनाको थप अनुसन्धान गर्न प्रहरीले उनका सहित थप तीन जनालाई पक्राउ गरेको छ । जेठ २० गते राती भएको घटनामा सुजिताका बुबा पिपरा गाउँपालिका–६ का ५० वर्षीय कामेश्वर पाण्डेले घटना लुकाउन बार्गेनिङ गरेको अनुसन्धानबाट खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कामेश्वर सहित भंगहा नगरपालिका–१ कबिलाशाकी ३५ वर्षीया अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगर–२४ का ५५ वर्षीय प्रमोद मण्डल (विनोद)लाई सार्वजनिक गरेको छ ।  महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले अनुसन्धानका क्रममा बाबुसहित दोषी देखिएकाले तीनजनालाई विभिन्न मितिमा पक्राउ गरिएको जानकारी दिनु भयो । पक्राउ परेकी अञ्जु भने सुजिताको हत्या गर्ने मुख्य अभियुक्त देवर रुपेश ठाकुरको दिदी हुन् ।

Mahottari-Shav-Fela.jpg

‘कामेश्वरले छोरी सुजितालाई मार्न पटक–पटक भनेको कुरा अनुसन्धानको क्रममा प्राप्त अडियो रेकर्डबाट देखिएको छ’ विष्टले भने,‘छोरीको हत्या भएको कुरा जेठ २५ मै जानकारी भए पश्चात प्रतिवादी रुपेशसँग घटना लुकाउन बार्गेनिङ गरेको कुरा पनि अनुसन्धानबाट खुलेको छ ।’

Must View