नागरिक पोष्ट News


विवाहित पुरुषका लागि लाभकारी लसुन, शरीरमा ल्याउँछ स्फूर्ति

1.6K

काठमाडौं –  भविष्य बनाउन ध्याउन्नमा लाग्ने पुरुषहरु आफ्नो स्वास्थ्य र शारीरिक तन्दुरुस्तीबारे खासै ख्याल राख्न जान्दैनन् । आफ्नो बारेमा थोरै केही सोच्न समय पनि हुँदैन । 

यद्यपि केही मानिस भने आफूलाई सँधै एक्टिभ र इनर्जेटिक बनाउनका लागि निकै महँगो वस्तुको सेवन पनि गर्दछन् । कामको थकानबाट शरीरलाई स्फूर्ति दिलाउन बजारमा पाइने महँगा वस्तुहरु सेवन गर्न पुरुषहरु बाध्य हुन्छन् । 

तर, के तपाईंलाई थाहा छ ? शारीरिक र मानसिक थकानबाट मुक्त हुँदै शरीरमा स्फूर्ति ल्याउनका लागि महँगो वस्तु सेवन गर्नै पर्दैन । हाम्रौ भान्सामा उपलब्ध वस्तुहरुले नै हाम्रो शरीरलाई इनर्जी प्रदान गर्दछन् । 

औषधिय गुण भएको लसुन । हाम्रो भान्साको सर्वाधिक प्रिय वस्तु हो । लसुनको स्वादले खानालाई अझ स्वादिष्ट बनाउँछ पनि ।

लसुनमा पाइने पोषक तत्व 

लसुनमा कैयौं तत्व पाइन्छ । तर, यसमा मुख्यगरी खनिज विभाटामीन–सी, भिटामिन–बी ६, फस्फोरस, म्याग्नेसियम, जिंक, क्याल्सियम पाइन्छन् ।

जो शरीरलाई स्वस्थ राख्नका लागि निकै आवश्यक हुन् । लसुनमा केही मात्रामा प्रोटिन र गायमिन तथा प्याटोथेनिक एसिड पाइन्छ । जो स्वाथ्यका लागि फाइदाजनक मानिन्छन् । 

दैनिक कति लसुन सेवन गर्ने ? 

आयुर्वेदिक विशेषज्ञका अनुसार स्वस्थ रहनका लागि दैनिक लसुनको दुई बिजुला खानु उपयुक्त हुन्छ ।  यसले शरीरमा स्फूर्ति प्रदान गर्दछ । 

पुरुषका लागि कसरी फाइदाजनक छ लसुन सेवन ? 

विशेषज्ञका अनुसार पुरुषको स्वास्थ्यका लागि लसुन गुणकारी वस्तु हो । यसको नियमित सेवनले पुरुमा इरेस्टाइल डिस्फङ्शन जोखिम कम हुन्छ । लसुनमा भारी मात्रामा भिटामिन र सेलेनिमय पाइन्छ । 

जसले पुरुषमा स्फर्म(शुक्रकिट)को गुणस्तरीयता पनि बढाउँछ । यदि राति सुत्नुभन्दा अगाडि लसुनको दुई बिजुला खान थाल्ने हो भने यौन शक्तिमा पनि बृद्धि विशेषज्ञ बताउँछन् । 

लसुन सेवनले हुने फाइदाहरु

लसुनले हाम्रो शरीरमा भएको विषाक्त तत्वलाई बाहिर निकाल्न मद्दत गर्दछ । यसैकारण राति सुत्नुअघि पोलेको लसुन खाँन आयुर्वेदिक चिकित्सकले सुझाव दिन गर्दछन् । यसले पिसाबको माध्यमबाट शरीरमा रहेका विषाक्त तत्वलाई बाहिर निकाल्न सहयोग गर्छ । 

लसुनको प्रयोग गर्दा गलामा हुने समस्या पनि निको हुन्छ । यदि कुनै व्यक्तिलाई निरन्तर गलामा समस्या देखिएको छ भने लसुन खानु उपयुक्त हुन्छ । 

शरीरमा महत्वपूर्ण अंगको कार्य प्रणालीमा पनि लसुनले सुधार ल्याउनुका साथै लामो आयूको लागि पनि भूमिका निभाउँछ । 

नियमित सेवनले पाचन विकार पनि हटाउँछ । साथै तौल घटनाउनका लागि पनि लसुनलाई उपकारी वस्तु मानिन्छ । 

ब्लड प्रेसरको समस्या रहेका पुरुषका लागि पनि लसुन निकै लाभदायक मानिन्छ । किनकी लसुनको सेवनले उच्च रक्तचापका बिरामी निको हुने आयुर्वेदिक विशेषज्ञ दावी गर्दछन् ।

Must View