नागरिक पोष्ट News


नेपाली कांग्रेस बिदुर (१३ को आयोजनामा भ्रष्टाचार विरुद्धको भण्डाफोर कार्यक्रम)

2.4K

राम चन्द्र तिम्सिना१८ ,नुवाकोट - जिल्लाको बिदुर नगरपालिका वडा नं (१३ मा भएको अनियमितताको विरुद्ध नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ।सुन्तला तथा कागती पकेट क्षेत्रको नाममा १३ लाख किर्ते भरपाई गरेर भ्रस्टाचार भएको भन्दै भण्डाफोर कार्यक्रम गरेको हो।

विदुर नगरपालिका भित्र भएको चरम भष्टचार विरुद्ध पटक पटक नगर प्रमुख लाई ध्यानाकर्षण गराउदा पनि कार्यान्वयन नगरि उल्टो दमन शैलीमा संरक्षण गरेकोले नेपाली काङ्ग्रेस नुवाकोट ,नेपाल तरुण दल ,ने।बि संघले संयुक्त शान्तिपूर्ण बिरोध कार्यक्रम गरेको हो।

यद्यपि आक्रोशित भिडद्वारा तोडफोडको क्रममा प्रशासनले बल प्रयोग गरेको छ।बिश्वस्त स्रोतका अनुसार कांग्रेस नेत्री गिता अमात्य तथा विदुर (१३ तरुण दल सभापति रामचन्द्र तामाङ लगाएत घाइते भएका छन् ।

Must View