नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाले साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मृर्गौला पिडितहरुका लागि हेमोडाइलासिस सेवा सञ्चालनमा ल्याउने

1.5K

काठमाडौं - तारकेश्वर नगरपालिकाले साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मृर्गौला पिडितहरुका लागि हेमोडाइलासिस सेवा सञ्चालनमा ल्याउने भएको छ । आज नगरपालिकामा भएको एक कार्यक्रमबकाबीच राष्ट्रिय मृर्गौला उपचार केन्द्र बनस्थली र तारकेश्वर नगरपालिकाले एमओईमा हस्ताक्षर गरेका छन् ।

आज दिउँसो राष्ट्रिय मृर्गौला उपचार केन्द्रका निर्देशक डा। ऋषि कुमार काफ्ले लगायतको टिम तारकेश्वर नगरपालिकाको कार्यालयमा आई सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा आर्थिक वर्ष २०७७र७८ का काठमाडौंका सफल नगर प्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, सुचना अधिकारी होमनाथ न्यौपाने, नगर स्वास्थ्य शाखाको टिमको उपस्थिति रहेको थियो ।

तारकेश्वरमा हेमोडाइलासिस सेवा सञ्चालनमा ल्याउन विगत ६ वर्षदेखि निरन्तर खटिँदै आएका सामाजिक अभियान्ता ध्रुब राज खड्काको योगदान रहेको छ । खड्काले आजको दिन आफ्नो लागि खुशीको दिन भएको बताएका छन् । नगरपालिकामा स्थापना भएको डाइलासिस सेन्टरमा कोही पनि बिरामी जान नपरोस भनेर मृर्गौला बचाऊँ अभियानमा आफ्नो जीवन अर्पने बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले साङ्ला डाइलासिस सेन्टरमा नगरबासी र छिमेकी नगरपालिका, नुवाकोट र रसुवा जिल्लाका नागरिकहरुले पनि डाइलासिस सेवा लिन पाउने व्यवस्था गरेको बताउनुभएको छ । डाइलासिस सेन्टर दशैं तिहारको आसपासदेखि सञ्चालनमा ल्याउने कार्यमा नगरपालिका लागेको छ । आवश्यक सामान व्यव्स्थापन र स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम दिने कार्य पश्चात डाइलासिस सेन्टर सञ्चालनमा आउनेछ ।

बोहोराले तारकेश्वर नगरपालिका भित्र भएका अहिले १ लाखभन्दा बढि नागरिकहरुले आफ्नो किड्नीको अवस्था परिक्षण आ–आफ्नो वडाको स्वास्थ्य केन्द्रहरुबाट परिक्षण गर्ने व्यवस्था मिलाउन।आफु लागेको बताउनुभएको छ ।

त्यस्तै स्वयम्सेविकाहरुमार्फत् घरदैलो अभियान सञ्चालन गरेर “मृर्गौला बचाउँ” लेखिएको प्लेकार्ड बोकेर जनताको घर घरमा जानुका साथै नगरबासीलाई आफ्नो किड्नीको अवस्था बुझन प्रत्येक स्वास्थ्य संस्थामा गएर जाँच गर्न जनचेतनामुलक कार्यक्रम गरिनेछ ।

राष्ट्रिय मिर्गौला उपचार केन्द्रले मृर्गौला पिडित बिरामीहरुका डाइलोसिस सेन्टर सञ्चालनको काम गर्नुका साथै आवश्यक स्वास्थ्यकर्मीहरुलाई तालिम व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्झौता पत्रसहित

 

सम्झौता पत्रसहित

 

Must View