नागरिक पोष्ट News


म्युजिक भिडियो ‘तिमी आउने जाने’ सार्वजनिक

1.4K

काठमाडौं – पछिल्लो समय अभिनेत्री पूजा शर्मा म्युजिक भिडियोमा धेरै देखिन थालेकी छन् । उनी अभिनित म्युजिक भिडियो दैनिक जसो सार्वजनिक हुने गरेका छन् । यस्तैमा उनी अभिनित अर्काे म्युजिक भिडियो ‘तिमी आउने जाने’ सार्वजनिक भएको छ । जसमा उनलाई आनन्द सिंहको मोडलिङमा साथ दिएका छन् ।

गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको स्वर रहेको गीतमा टंक बुढाथोकी शब्द र संगीत छ । भिडियो सशान कँडेलले निर्देशन गरेका हुन् । पर्यटकीय स्थल कालिन्चोकको रमणीय स्थलमा छायाँकन भएको भिडियोमा बुद्ध थापाको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।

 

 

Must View