नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढलाउन मूख्य भूमिका खेल्ने लाई पार्टीभित्र कुनै ठाँउ नरहेको स्पष्ट
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढलाउन मूख्य भूमिका खेल्ने माधव कुमार नेपाललगाएतलाई पार्टीभित्र कुनै ठाँउ नरहेको स्पष्ट पार्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाले बरिष्ठ नेता नेपाल लगाएत केहि नेतालाई पार्टीमा कुनै ठाँउ नरहेको बताउनुभएको हो । अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको भन्दै फ्लोर क्रस गर्ने सांसदहरूलाई ठाउँ नभएको बताउनुभयो ।
त्यस्तै ओलीले आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिइने जिकिर गर्नुभयो । उहाले अदालतको फैसलापछि आफूहरू पूर्व पार्टीमा फर्किएको र एमालेका माधव नेपालसहितका केही नेताहरूले एमाले छाडेको तर्क गर्नुभयो ।
उहाँले प्रतिक्रियावादी शक्तिहरूसँग मिलेर एमालेको सरकार ढालेको र प्रतिगनमनमा सहभागी भएर कांग्रेस नेतृत्वको दक्षिणपन्थी सरकार बनाएको आरोप लगाउनुभयो । उहाले आफु नेतृत्वको सरकारले असाधारण बिकास गरेको देखेर अतालिएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ मत ल्याएर सरकार बनाउने दाबी गर्नुभयो ।