नागरिक पोष्ट News


टोखालाई नाङसुद्वारा स्वास्थ्य सामग्री सहयोग

1.3K

टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । टोखा नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले केरुङमा  हालै आयोजित कार्यक्रममा अक्सिजन कन्सन्टे«टर, अक्सिजन सिलिण्डर, थर्ममिटर, सेनिटाइजर, एन्टिजन परीक्षण सामग्रीलगायत १३ प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।  गत वर्ष पनि नाङ्सुले टोखालाई करीब दुई करोड बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो । ती दुई नगरका बीचमा भगिनी सम्बन्ध  छ ।

Must View