नागरिक पोष्ट News


लायन्स क्लब अफ काठमाण्डौँ मनमैजु डिस्ट्रीक ३२५ बि १ द्धारा खाद्यान्न वितरण (भिडियो सहित)

2.1K

सबु बस्नेत,काठमाडौं - कोरोना कहरले विश्वलाईनै यतिबेला आक्रन्त बनाईरहेको छ । व्यवसाय तथा कुनै पनि क्षेत्र कोरोना को कारण यतिबेला उकास्नि सकिरहेको छैन । एक प्रकारले विश्व बजार लाई नै यसले चुनौति दिईरहेको छ । मानबीय सामिप्यतालाई पनि यसले नराम्ररीनै टाढा टाढा बनाईरहेको छ । त्यसैमा पनि लगातार परिरहेको अविरल वर्षापछि आएको बाढी पहिरोले देशैभर वितण्डा मच्चाईरहेको छ ।  कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यका लगायत विभिन्न क्षेत्रमा खाद्यान्न अभावका कारण दैनिक ज्यालामजदुरी गरेर खाने मजदुरहरु भोकभोकै बस्न पर्ने बाध्यातमक स्थीति सृजना भईरहेको छ । त्यस्तै काठमाण्डौँ उपत्यकामा रहेका विभिन्न सघंसस्था मार्फत खेलिएका बाल आश्रम ,बृद्ध आश्रम, अनाथ आश्रम,सेवा घर हरुको अवस्था पनि यति बेला नाजुक बन्दै गएको छ  भने अर्कोतिर मनहुने हरुले पनि सजिलै सो क्षेत्रमा खाद्यान्न तथा राहात वितरण गर्न सकिरहेका छैनन् । यति बेला देशको विभिन्न भागमा बाढी पहिरोको कारण कतिको बस्ने बास नै छैन भने कतिले  अकालमानै ज्यान गुमाएका छन् । 

जहाँ इच्छा त्यहाँ उपाय भनेझै मनकारी मनहरुले सेवा भाव राखी सेवा गर्न भने छोडेका छैईनन् । यस्तैमा  आज लायन्स् क्लब अफ काठमाण्डौँ मनमैजु डिस्ट्रीक ३२५ बि १ द्धारा तारकेश्वर नगरपालिका वडा नं. १० स्थीत एकिकृत सिर्जनशील समाज नेपाल मा रहेका भाई बहिनीहरुको लागि खाद्यन्न लगाएतका सामग्री वितरण गरेको हो। 

लायन्स क्लबको महिनावारी कार्यक्रम अन्तर्गतको यो बर्षको यो एक कार्यक्रम भएको र अति आवश्यक परेका व्यक्तिहरुको लागि मन हुने मनकारीहरुद्धारा सहयोग सामाग्रीहरु हस्तान्तरण गरिएको जानकारी गराउदै आफु अध्यक्ष भए पछिको पहिलो कार्य एकिकृत सिर्जनशील समाज नेपाल मा रहेका भाईबहिनीहरुको लागि गर्न पाएकोमा खुशी लागेको बताउदै आगामी दिनमा पनि यस्तै सेवाहरु क्लबले गर्दे जाने लायन्स् क्लब अफ काठमाण्डौँ मनमैजु डिस्ट्रीक ३२५ बि १ का अध्यक्ष विनोद प्रसाद मिश्रले बताउनु भयो । 

त्यस्तै,लायन्स् क्लब अफ काठमाण्डौँ मनमैजु डिस्ट्रीक ३२५ बि १ को डिस्ट्रीक सेकेन्ड भाईस् प्रेसिडेन्ट मणि श्री रत्न बज्राचार्य ले मनमैजु डिस्ट्रीक ३२५ बि १ को यो एक पर्नामेन्ट कार्यक्रमनै भएको र आफ्नो अध्यक्ष काल समाल्दै गर्दा अध्यक्षले गरेको राहात तथा खाद्यान्न वितरण कार्यक्रम आफैमा एक उत्कृष्ट कार्य भएको भन्दै भविष्यमा पनि यस्तो कार्य गर्दे संस्था अगाडि बढ्नको लागि साथ सहयोग हुने भन्दै शुभकामना व्यक्त गर्नु भयो । .

त्यसै गरि मनमैजु डिस्ट्रीक वि १ को प्रत्येक कार्यक्रममा आफ्नो सम्लग्नता रहेको बताउदै ,राम्रो काम गरेर संस्था सधै अग्र पक्तिमा आएको र यस्तो कोभिड महामारीको विषम परिस्थिीतिलाई मध्यनजर गरि आवश्यक परेको ठाउँमा खाद्यान्न तथा राहात वितरण गरि सहयोग गरेकोमा खुशी व्यक्त गर्दे आगामी दिनमा पनि सस्थाले यस्तै कार्य गर्दे सफल हुने र हालको अध्यक्ष विनोद प्रसाद मिश्रलाई फस्ट भाईस प्रेसिडेन्ट महेन्द्र पौडेलले शुभकामना समेत दिन भ्याउनु भयो । 

सस्थाले यसअघि पनि दिन दुखी, असाहाय तथा मजदुरहरुलाई कोरोनाको दोस्रो लहरको बर्तमानको निधाषेज्ञाका कारण घरबाहिर निस्कने अवस्था नहुँदा, यथेस्ट संचित खाधान्नहरुको अभाव भै चुल्हो बाल्न समस्या भएकाहरुालाई खाधान्न वितरण  गरेको तथा सस्थाले बेलाबेलामा बार्षिक कार्य तालिका बनाई विभिन्न ठाउँमा बृक्षारोपण तथा धेरै कार्यहरु गरेको अध्यक्ष पाडेलले जानकारी गराए । 

सो कार्यक्रममा लायन्स् क्लब अफ काठमाण्डौँ मनमैजु डिस्ट्रीक ३२५ बि १ का सचिब प्रेम राज बराल ,कोषध्यक्ष सालिकराम सापकोटा ,स्थानीय व्यक्ति राजनितिज्ञ तथा समाजसेवी मदन अधिकारी,एकिकृत सिर्जनशील समाज नेपालका पदाधिकारीहरु लगायत को उपस्थित रहेको थियो ।    

 

 

Must View