नागरिक पोष्ट News


हास्य कलाकार पल्पसा डंगोललाई परिवारभित्रबाटै मृगौला दिने तयारी

840

काठमाडौं – हास्य कलाकार पल्पसा डंगोल ९चम्सुरी० ले मिर्गौला प्रत्यारोपण गर्न पाउने भएकी छन्। परिवारभित्र पर्ने चार–पाँच जना मिर्गौला दिन राजी भइसकेकाले उनले मिर्गौला प्रत्यारोपण गर्न पाउने भएकी हुन् । नीहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत स्वास्थ्य परीक्षण भइरहेको छ।

सुरुमा मिर्गौला प्रत्यारोपणका लागि उनलाई भारत लाने तयारी गरिएपनि प्रत्यारोपण गर्न हाडनाताभित्रका मानिसले मिर्गौला दिनुपर्ने कानुन छ। अहिले नाताभित्रकै मानिसबाट मिर्गौला पाउने भएपछि नेपालमै प्रत्यारोपण गर्न लागिएको परिवारले जनाएको छ ।

घरमै बसिरहेको बेला सास फेर्न गाह्रो भएपछि कलाकार डंगोल काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।त्यस क्रममा स्वास्थ्य परीक्षण गर्दा उनका दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लागेको हो। उनी १५ वर्षदेखि मिर्गौलाको समस्याबाट पीडित थिइन् । यद्यपी यो कुरा उनले परिवारसँग लुकाउदै आएकी थिइन् ।

Must View