नागरिक पोष्ट News


नमन गर्दछु ति गुरु चरणमा

2K

गुरु त्यो हो, जसले शिक्षााको बाटोमा डोरयाउछन ।

गुरु त्यो नि हो, जसले अन्धकारबाट उज्यालोमा पुर्याउछन। 

 

गुरु त्यो हो, जसले भोकै बस्न नदिइ कर्म गर्न सिकाउछन।

कर्म त्यो हो, जसले जीवनलाइ जिवन्त बनाउछन।

जिबन त्यो हो, जसले अरुको लागी उद्देश्य बनाउँछ ।

उद्देश्य त्यो हो, जसले गगनचुम्भि चुम्न सिकाउछन।

 

गुरु त्यो हो, जसले हात समाइ पाखा लगाउछ्न।

पाखा त्यो हो, जसले गन्तव्यसम्म पुर्याउछन।

गन्तव्य त्यो हो, जसले सुमार्गको बाटो पछ्याउछन।

सुमार्ग त्यो  नि हो, जसले तिर्सना मेटाउन सिकाउछन।

 

भोक तो हो, जसले गुरुको शिक्षााले मेटाउछ।

शिक्षा त्यो हो, जसले परिबार्, समाज्, राष्ट्रलाइ शिक्षित बनाउँछ ।

राष्ट्र त्यो हो, जसले , जहाँ हामी निर्धक्क  भई बाँच्न सक्छौ।

निर्धक्क त्यो हो, जहाँ हामी स्वतन्त्र भएर नाच्न सक्छौ।

 

गुरु त्यो हो, जसले आसको दियो जगाउछन।

दियो त्यो नि हो, जसले हृदयको अन्धकारलाइ चिर्दछ।

हृदय त्यो हो, जसमा दया, धर्म र आस्था जगाउछन।

धर्म त्यो नि हो, जसले अरुको ओठमा हासो ल्याउछ।

 

हासो त्यो हो, जसले मृत्युलाइ हार्न सिकाउछ।

हार त्यो हो , जसले जीवनलाइ बदलिन सिकाउछ।

त्यसैले मेरो गुरु ति सबैजना हुन्, जसले मलाई मेरो अस्तित्व उजागर गर्न हौसला प्रदान गर्दछन् ।

 

नमन गर्दछु ति गुरु चरणहरुमा 

आशिष रही रहुन मेरा यी शिरमा ।।

 

Must View