कार्यालयले गत आवमा ५ अर्ब ३९ करोड ९४ लाख ७३ हजार राजस्व संकलनको लक्ष्य
हेटौंडा - आन्तरिक राजस्व कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७÷७८ मा ५ अर्ब ५२ करोड ८२ लाख ४८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा ५ अर्ब ३९ करोड ९४ लाख ७३ हजार राजस्व संकलनको लक्ष्य पाएको थियो ।
कार्यालयले अघिल्लो आव २०७६÷७७ को तुलनामा समेत गत आवमा बढी राजस्व संकलनसमेत गरेको हो । अघिल्लो आव २०७६÷७७ मा ४ अर्ब ७८ करोड ७३ लाख ४० हजार राजस्व संकलन भएको थियो ।
निर्धारित लक्ष्यको तुलनामा बढी राजस्व संकलन गरेको कार्यालय प्रमुख शालिकराम आर्चायले जानकारी दिए । कोरोना प्रभावले सबै क्षेत्र समस्यामा हुँदा पनि लक्ष्यभन्दा बढी राजस्व संकलन भएकाले कार्य सन्तोषजनक रहेको प्रमुख आचार्यले बताए ।
आव २०७७÷७८ को साउनदेखि असार मसान्तसम्ममा आयकरतर्फ रु ९५ करोड ९१ लाख ३८ हजार लक्ष्य रहेकोमा १ अर्ब ९ करोड ५२ लाख ८३ हजार, बहाल करतर्फ ३ करोड १९ लाख ६३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा २ करोड ६१ लाख १८ हजार तथा ब्याजकरतर्फ २ करोड ६१ लाख १८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ४ करोड ७ हजार संकलन भएको थियो । मूल्य अभिवृद्धिकरतर्फ ९१ करोड ५४ लाख ७९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा १ अर्ब ३२ करोड ३० लाख ७५ हजार असुली भएको बताइएको छ । यसैगरी अन्तःशुल्कतर्फ ३ अर्ब १४ करोड ५४ लाख ६९ हजार राजस्व उठाउने लक्ष्यमा २ अर्ब ८६ करोड ९० लाख २१ हजार संकलन भएको थियो ।