नागरिक पोष्ट News


मुलुकको वेदेशिक व्यापार १६ खर्ब ८० अर्ब, ४४ प्रतिशतले बढ्यो निर्यात

1K

काठमाडौं - गत आर्थिक वर्ष २०७७÷७८ मा मुलुकको वैदेशिक व्यापार १६ खर्ब ८० अर्बभन्दा बढी पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवमा कुल १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

सो अवधिमा नेपालले १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ, जुन कुल वैदेशिक व्यापारको ९१.६० प्रतिशत हो । गत अघिल्लो आवको तुलनामा आयात २८.६६ प्रतिशतले बढेको छ ।

गत आवमा निर्यात समेत उत्साहजनक रूपमा बढेको छ । सो अवधिमा नेपालबाट १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो आवको तुलनामा ४४.४३ प्रतिशतले बढी हो । कुल वैदेशिक व्यापारमा निर्यातको योगदान ८.४० प्रतिशत रहेको छ ।

एक वर्षमा भएको आयात र निर्यातले तथ्यांकले नेपालको वैदेशिक व्यापार घाटा समेत डरलाग्दो रुपमा बढेको देखिएको छ । सो अवधिमा नेपालको कुल वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँ बराबरको रहेको छ । दैनिक उपयोग्य वस्तुदेखि अधिकांश वस्तुका लागि आयातमा निर्भर रहनुपर्दा नेपालको वैदेशिक व्यापार घाटा वर्षेनि बढ्दै गएको छ ।

Must View