नागरिक पोष्ट News


नेपाल–बंगलादेश व्यापार : निर्यातको तुलनामा १० गुणा बढी आयात

798

काठमाडौं - निर्यात हुने सामानको तुलनामा बढी आयात बढी हुँदा बंगलादेशसँग नेपालको व्यापार घाटा बढ्दै गएको छ । मेची भन्सार कार्यालयको तथ्यांक अनुसार नेपालले निर्यातको तुलनामा बंगलादेशबाट १० गुणा बढी आयात देखाएको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ मा नेपालबाट बंगलादेशमा ६७ करोड ३८ लाख ९१ हजारको वस्तु निर्यात भएको छ भने ७ अर्ब १५ करोड ७२ लाख ३४ हजार रुपयाँको वस्तु भित्रिएको छ । उक्त तथ्यांकले एक वर्ष अवधिमा मात्र बंगलादेशसँग नेपालको व्यापार घाटा ६ अर्ब ४८ करोड ३३ लाख ४३ हजार रहेको देखाउँछ । प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बंगलादेशी सामानको आयात बढ्दै गएकाले कारण व्यापार घाटा बढेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्र विश्वकर्मालाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

उनका अनुसार आव २०७६÷७७ मा ९५ करोड ४१ लाख ७५ हजारको सामान आयात हुँदा ४ अर्ब ९५ करोड ३४ लाख ८६ हजारको नेपाली उत्पादन निर्यात भएको थियो । सो वर्ष व्यापार घाटा ३ अर्ब ९९ करोड ९३ लाख ११ हजार भएको देखिन्छ । आव २०७१÷७२ सम्म आयातको तुलनामा नेपालमा उत्पादित कृषिजन्य सामग्री बढी निर्यात हुने गरेको थियो । तर बंगलादेश सरकारले भन्सार दररेट बढाएसँगै नेपालबाट मुसुरो दाल, जडीबुटी, अदुवालगायत सामग्रीको निर्यात कम भएसँगै आयात बढेको भन्सार प्रमुख विश्वकर्माको भनाइ छ ।

नेपालबाट बंगलादेशमा दाल, अदुवा, चिराइतो, जडीबुटी, तिलको पिनालगायत निर्यात हुँदै आएको छ भने बंगलादेशबाट, जुट, आलु, प्लाष्टिकजन्य सामग्री, वासिङ मेशिन, औषधि, भटमासको दाना र पिना, मेशिनरी सामग्री, ब्याट्री, तयारी कपडा, टिस्युपेपरलगायत आयात हुने गरेको

Must View