अमेजन इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिसेस मंगोल नेपाल २०२१’ को उपाधि अञ्जु शेर्पाले जितेकी छन्
791
काठमाडौ–अमेजन इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिसेस मंगोल नेपाल २०२१’ को उपाधि अञ्जु शेर्पाले जितेकी छन् । आयोजकले ब्रोडकास्टिङ एडिसन टिभी शोको माध्यमबाट विजेता छनोट गरेको हो ।
प्रतियोगितामा हिरा शेर्पा ‘फस्ट रनरअप’, निशा थापा मगर ‘सेकेन्ड रनरअप’, शोभा मगर ‘थर्ड रनरअप’ र गौरी लामा ‘फोर्थ रनरअप’ भए । १५ प्रतियोगीहरुमध्ये विभिन्न चरणबाट छनोट हुँदै टप ५ लाई मात्र फाइनल स्टेजमा प्रस्तुत गरिएको थियो । हिमानी सुब्बाको कोरियोग्राफी रहेको यस कार्यक्रम कास्टमण्डप टिभीबाट प्रसारण भएको छ ।
प्रतियोगिताको निर्णायकमा भुमिकामा डा. रेखा थापा, ‘मिसेस हिमालयन नेपाल’ माया लामा, ‘ब्युटिसियन नेपाल’ हेमा पुन मगर र ‘मिसेस आइकन नेपाल’ सोनिया ज्याखो रहेका थिए । कार्यक्रमलाई अभिनेता दिक्पाल कार्कीले सञ्चालन गरेका थिए ।