नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकामा आज २९३१ जनाले कोभिड–१० अमेरिकन भ्याक्सीन जोन्सन एण्ड जोन्सन खोप लगाए

1.1K

काठमाडौं  - तारकेश्वर नगरपालिकामा आज २९३१ जनाले कोभिड–१० अमेरिकन भ्याक्सीन जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले दिएको जानकारीअनुसार तारकेश्वर नगरपालिका वडा नं. ८ स्थित मनमैजु स्वास्थ्य चौकी, धर्मस्थली स्वास्थ्य चौकी वडा नं. ६ र वडा नं. ७ को फुटुङ स्वास्थ्य चौकीको तीन खोप केन्द्रबाट सञ्चालन भएको खोप अभियानको आज चौंथो अन्तिम दिन ९१९, ९८७ र १०२५ जनाले खोप लगाएका छन् ।

आज मनमैजुमा जम्मा ९१९ जनाले खोप लगाएका छन् । जसमा ५०९ पुरुष र ४१० महिला रहेका छन् । पूर्ण अशक्त अपाङ्गता भएका ३ जनाले खोप लगाएका छन् । स्वास्थ्यकर्मी, सरसफाई र क्लीनरस गरी ७३ जनाले खोप लगाएका छन् । १८ देखि माथिका ८४९ जनाले खोप लगाएका छन् ।

त्यस्तै तारकेश्वर ६ को धर्मस्थली स्वास्थ्य चौकीबाट आज ९८७ जनाले अमेरिकन भ्याक्सीन लगाएका छन् । जसमा ४८५ पुरुष र ५०२ महिला रहेका छन् । खोप लगाउनेहरुमा १८ देखि ५४ वर्षका ९८६ जना, पूर्ण अशक्त अपाङ्गता भएका १ जनाले लगाएका छन् ।

आज तारकेश्वर ७ को फुटुङ स्वास्थ्य चौकीबाट १०२५ जनाले कोरोना खोप लगाएका छन् । जसमा ४१७ पुरुष र ६०८ महिला रहेका छन् । खोप लगाउनेहरुमा १८ देखि ५४ वर्षका १०२५ जनाले लगाएका छन् ।

कोभिड विरूद्धको खोप अभियान अन्तर्गत यो खोप श्रावण ४ गते देखि श्रावण ६ गतेसम्म ३ दिनका लागि ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई लगाईने भनिए पनि खोप पर्याप्त मात्रामा भएपछि बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयले हिजो नै सबै नगरपालिकाहरुमा साउन ७ गते १८ वर्षदेखि माथिकालाई खोप लगाउन निर्देशन दिइएको थियो ।

फुटुङ स्वास्थ्य चौकीका इन्चार्ज शकुन्तला अधिकारीकाअनुसार आज ४ जनाले लगातार खोप लगाउनुका साथै ६ जनाले सहजिकरण गर्ने र अरु ४ जना स्वयमसेवीकाहरुको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । अधिकारीले खोप कार्यक्रमलाई व्यवस्थित पार्न सहयोग गर्ने जनप्रतिनिधिहरु, नेपाल प्रहरि, नगर प्रहरि, स्वयमसेवीकाहरु र समाजसेवी व्यक्तिहरुलाई धन्यवाद प्रकट गर्नुभएको छ ।

त्यस्तै मनमैजु स्वास्थ्य चौकीका इन्चार्ज धर्मशिला घिमिरेले आजको खोप कार्यक्रम व्यवस्थित तरिकाले सम्पन्न भएको बताउनुभएको छ । कार्यक्रमलाई सफल पार्न ३ जनाले लगातार खोप लगाउने कार्यमा खटिएका थिए । कार्ड बनाउनेदेखि फर्म भर्न सहजिकरणमा खटिने कर्मचारीहरु, सुरक्षाकर्मी र जनप्रतिनिधिलाई घिमिरेले धन्यवाद प्रकट गरेकी छिन् ।

 

 

Must View