भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए
1.1K
काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्।रावलले शुक्रबार सभामुख अग्नी सापकोटालाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिने निर्णय गरेको बताएका हुन् ।
रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु भन्दा अगाडि राजीनामा दिएका थिए। पार्टी एकताको लागि देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका थिए । रावलले आज हुने संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।