नागरिक पोष्ट News


साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि

1.1K

काठमाडौँ - साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला छापावाला सुन ९२ हजार १०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला सुन ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।

Must View