नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाको आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण

1.3K

काठमाडौं - तारकेश्वर नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ । बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासीका लागि खुला व्यायामशालाले सुविधा थपेको छ । ‘स्वस्थ जीवन प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत तारकेश्वर नगरपालिकाको चार स्थानमा खुला ब्यामशाला सञ्चालन आएको छ।तारकेश्वर नगरपालिकाको रु ३९ लाख बजेटमा सञ्चालनमा आएको तारकेश्वर खेलकुद विकास समिति का अध्यक्ष बलराम सिटौलाले बताए । व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन ।

“रोग लाग्नुभन्दा रोकथामको उपाय गर्नु ठीक हुन्छ भन्ने मान्यताका आधारमा हामीले व्यायामशाला बनाएका हौँ”, वडा अध्यक्ष सिटौलाले भने, “बढ्दो शहरीकरणसँगै खुला ठाउँको अभाव भइरहेको बेला शारीरिक व्यायाम गर्ने स्थान छैन । निजीरूपमा व्यायामशाला निर्माण गर्न खर्चिलो हुने देखेर खुल्ला व्यायामशाला निर्माण गरेका हौँ ।”

व्यायामशालामा विभिन्न आधुनिक उपकरण राखिएको छ । व्यायामशाला युवादेखि बृद्धासम्मका लागि खुला गरिएको छ । खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

लोकतान्त्रिक पार्कमा वडा नं ८ को पिपलडाँडामा वडा नं ५को धितालथोकमा वडा नं २ को काभ्रेस्थलीमा गरि चार स्थानमा व्यायामशाला राखिएको छ।

Must View