नागरिक पोष्ट News


फुटुङ्ग , चिम्वरपोखरी  सडक यतीबेला दहीनीय अवस्थामा

1.4K

काठमाडौ - तारकेश्वरमा अवस्थीत फुटुङ्ग , चिम्वरपोखरी  सडक यतीबेला दहीनीय अवस्थामा छ ।असारे बिकाश वा बर्खायाममा ढल खन्दा तत्काल मर्मतसम्भार नगरी यथास्थितिमा सडकलाइ मर्मत तथा ग्राभेल नगर्दा अहिले फुटुङ्ग चिम्वरपोखरी , टारसडक खण्डको अवस्था दहीनीय रहेको छ भने सवारी साधन ठप्प छ ।

उतरी भेगको सबैभन्दा पुरानो काठमाडौ महानगरसंगै जोडीएको यो सडकको अवस्था दिनप्रतिदिन दहीनीय अवस्थामा रहेको छ ।बिरामी बोक्ने एम्बुलेन्स तथा आवतजावत गर्न र खाद्यान्न ढुवानीका लागि अत्यन्तै समस्या भएको स्थानिय बताउछन ।सडकको पनि उचित मर्मत संहार नगर्दा सो क्षेत्रमा गाडी चलाएर जीवन गुजारा गर्दै आएका चालकले ठुलो समस्या परेका छन ।

कोरोना महामारीबाट थल्लीएका सवारी चालक तथा यातायात ब्यवसाहीहरु बिस्तारै तङ्गरने अवस्थामा नाजुक सडककै कारण यातायात बन्द गर्न परेको यातायात ब्यवसायी गणेश तिमिल्सिना बताउछन । सडक क्षतिग्रस्त भएपछि यतिबेला सडकमा सवारी साधन गुड्न छाडेका छन। तारकेश्वर नगरपालीकाले बजेटको अधिकांश रकम सडकमा हालेको भए पनि त्यसको उचित सदुपयोग र गुणस्तरीय काम नहुँदा समस्या भएको हो ।सडक निमार्णका लागी तारकेश्वर यातायात प्रा.लीले पटक पटक आग्रह गर्दा पनि स्थानिय सरकारले नसुनेको र आजै नगरपालीकामा ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ । हाल सो सडक खण्ड अन्र्तगत वडा नं ७ को सडकको अवस्था नाजुक रहेको छ भने वडा नं १ साङ्गलाको सडक कालोपत्रे भएको छ । sajhapana bata

Must View