नागरिक पोष्ट News


सर्वसाधारण शेयर निष्कासनको अनुमति पाउने कम्पनीहरूमा जलविद्युत् र बीमाका सबैभन्दा धेरै

1.6K

काठमाडौं - गत आर्थिक वर्ष २०७७÷७८ मा सर्वसाधारण शेयर (आईपीओ) निष्कासनको अनुमति पाउने कम्पनीहरूमा जलविद्युत् र बीमाका सबैभन्दा धेरै रहेका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार गत आवमा २२ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । तीमध्ये जलविद्युत् र बीमातर्फका कम्पनी ७÷७ वटा रहेका छन् ।

आईपीओ निष्कासनको अनुमति पाउने जलविद्युत् कम्पनीहरूमा सिँगटी हाइड्रो इनर्जी लिमिटेड, ग्रीनलाइफ हाइड्रो लिमिटेड, रुरु जलविद्युत् परियोजना लिमिटेड, मध्यभोटीकोशी कम्पनी लिमिटेड, तेह्रथुप पावर कम्पनी, मैलुङखोला जलविद्युत् कम्पनी र सानिमा पावर कम्पनी रहेका छन् । यी कम्पनीहरूले कुल २ अ करोड रुपैयाँ बराबरको आईपीओका लागि अनुमति पाएका हुन् । यीमध्ये केहीले आईपीओ निष्कासन गरिसकेका छन् भने कतिपयले निष्कासनको तयारी गरेका छन् ।

यसैगरी बीमातर्फ आईपीओ निष्कासनको अनुमति पाएका कम्पनीहरूमा रिलाइन्स लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् । उक्त कम्पनीहरूले कुल ३ अर्ब १३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति पाएका हुन् । यी सबै कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् ।

गत आवमा २२ कम्पनीले कुल १५ अर्ब १७ करोड ८३ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अनुमति पाएको बोर्डको तथ्यांक छ ।

Must View