कामना सेवा विकास बैंक १ अर्बको ऋणपत्र निष्कासन गर्न अनुमति माग्दै घच्घचायो बोर्डको ढोका
1.3K
काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्नका लागि बोर्डलाई अनुमति माग गरेको छ । बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न बोर्डलाई अनुमति माग गरेको हो ।
बैंकले ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो। बैंकले अनुमति माग्दै बोर्डमा गत साउन ३ गते आवेदन दिएको हो । बैंकले १ हजार अंकित दरका कुल १० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा ६ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ४ लाख इकाइको सार्वजनिक निष्कासनमार्फत बिक्री गर्ने छ । यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।कामना सेवा विकास बैंकको यो ऋणपत्र १० वर्ष अवधिको हुनेछ। ऋणपत्र २०८८ सालमा परिपक्व हुनेछ।यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।