नागरिक पोष्ट News


कृर्षीमा भविष्य खोज्दै भवानी दिदी (भिडियो सहित)

3.7K

काठमाण्डौँ  नेपाल कृषि प्रधान देश हो । यहाँका ६६ प्रतिशत भन्दा बढी जन संख्या प्रत्यक्षरुपमा कृषि पेशामा लागेका छन् । देशको कुल ग्राहस्थ्य उत्पादनको करिब ३३ प्रतिशत भाग कृषि क्षेत्रले ओगतेको छ । नेपाल लाई भौगोलिक हिसाबले हेर्ने हो भने सानो देश हो तर पनि हावा पानीको हिसाबले भने ठाउँ अनुसार फरक फरक किसिमको हावा पानि पाईन्छ। नेपालको हावापनीमा अनेकतामा एकता पाईन्छ त्यसैले यहाँ हावापानी अनुसार को खेती हुन्छ । नेपालमा कृषिको महत्व निकै नै धेरै छ । किन भने कृषि भनेको विकासको एक प्रमुख माध्यम हो । हाम्रो देश नेपालमा कृषिको सम्भावना पनि त्यतीकै प्रचुर मात्रामा रहेको छ । हामीले स्रोत साधन पाएको खण्डमा कृषिको मदतले हामी देशको मुहार फेर्न सक्छौ । देशलाई प्रगतिको दिशातिर लम्काउन सक्छौ । तसर्थ नेपालमा कृषिको महत्व एकदमै अमुल्य रहेको छ आज म यो फर्मको बारेमा प्रत्यक्ष रुपामा तपाईहरुमाझ यो कार्यक्रम देखाउदै छु ।

कृर्षीको त्यो महत्वलाइृ बुझेर हामीले पहिलाको परम्परागत कृर्षी पेशालाई अहीलेको आधुनिकीकरण गर्दे यसलाई देशको एक आर्थिक आएको पाटो बनाउन र भविष्यमा पनि देशलाई कृर्षीको देश भनी चिनाउनको लागी हाम्रो एक पृथक प्रयास समृद्धी मार्फत हामी गर्दछौँ । समृद्धीमा आज हामी ललितपुर जिल्ला को महालक्ष्मी  नगरपालिका वडा नं। ८ मा आर्गनीक फर्म सञ्चालन गरी बस्नु भएको भवानी देवी सुवेदी को कृर्षी र्फममा आई पुगेका छौँ ।  आउनुस् हामी उहाँसँग यसै कृर्षीै बारेमा कुराकानी गरौँ ।

हामी जव फर्म मा पुग्यौँ तब भवानी दिदी आफ्नो फर्म मा फलेको विभिन्न तरकारीहरु जस्तै बोदी , फर्सी ,काक्रो आदि टिप्दै हुनु हुन्थ्यो ।  हामीसँग कुरा गर्दे भवानी दिदीले अन्त बजारमा भन्दा र्फममानै आएर किन्दा अली सस्तो तरकारी बेच्ने गरेको बताउनु भयो ।

नेपालमा केही पनि काम नभएपछि जिविका चलाउनको लागी आफु विदेश गएको र तिन वर्ष पछि विदेश बाट आएर आफ्नै व्यवसाय गरी बसेको उहाँले बताउनु हुन्छ । धनी होस् वा गरीब आफ्नो काम आफै गरेमा आफै बोस आफै काम गर्ने भनी आफैले आफ्नो काम गरेको उहाँ बताउनु हुन्छ । दुई चार रोपनी जग्गा भाडामा लियर विदेश जाने पैसा यता तिर खर्च गरेमा एक परिवार राम्रोसँग गर्न सकिन्छ भनी उहाँ बताउनु हुन्छ ।

भवानी दिदिले जस्तै कृर्षी पेशालाई हामीले आत्मासाथ गरी सानो बाटै सुरु गर्न सके हामी आफु पनि बाच्ने अनी अरुलाई पनि बचाउन सक्ने मात्र होईन हाम्रो आर्थीक अवस्थामा समेत राम्रो बनाउन सक्ने कुरामा दुई मत छैन । 

Must View