नागरिक पोष्ट News


टोकियो ओलम्पिकमा बुधबारबाट बिभिन्न प्रतिस्पर्धाहरु सुरु हुँदैछ

847

काठमाडौं – लामो समयको प्रतीक्षा पछि अन्ततः टोकियो ओलम्पिकमा बुधबारबाट बिभिन्न प्रतिस्पर्धाहरु सुरु हुँदैछन् । पहिलो दिन बुधबार महिला फुटबलका बिभिन्न ६ खेल हुनेछन् । छनोट चरण पार गरेका १२ टोलीलाई ३ समुहमा बिभाजन गरी प्रतिस्पर्धा गराउँन लागिएको हो ।

समुह ‘ई’मा आयोजक जापानसहित बेलायत, चिली र क्यानाडा, समुह ‘एफ’मा चीन, ब्राजिल, जाम्बिया र नेदरल्याण्डस् तथा समुह ‘जी’मा अमेरिका, स्विडेन, अष्ट्रेलिया र न्युजिल्याण्ड छन् । पहिलो दिन बुधबार समुह ‘ई’मा बेलायत र चिली नेपाली समयअनुसार दिउँसो सवा १ बजे प्रतिस्पर्धा गर्नेछन् । सोही समुहबाट आयोजक जापान र क्यानाडा अपरान्ह सवा ४ बजे आमनेसामने हुनेछन् ।समुह ‘एफ’को खेलमा दिउँसो पौने २ बजे चीन र ब्राजिल भिड्दा अपरान्ह पौने ५ बजे जाम्बियाले नेदरल्याण्डस्को सामना गर्नेछ ।

समुह ‘जी’को खेलमा दिउँसो सवा २ बजे अमेरिका र स्विडेन तथा साँझ सवा ५ बजे अष्ट्रेलिया र न्युजिल्याण्डबीच खेल हुनेछ । महिलातर्फ फुटबलको स्वर्ण पदकका लागि अगष्ट ६ मा प्रतिस्पर्धा हुनेछ । पुरुष तर्फ फुटबलका स्पर्धाहरु भने बिहीबार सुरु हुनेछन् ।

Must View