नागरिक पोष्ट News


सभापति दिनेश मिश्र धर्ना बसेको विषयलाई लिएर सर्लाहीका कांग्रेस नेताहरुले आपत्ति

686

काठमाडौं - नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणलाई लिएर पार्टी कार्यालयमा क्षेत्रिय सभापति दिनेश मिश्र धर्ना बसेको विषयलाई लिएर सर्लाहीका कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् । 

सर्लाही जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य नागेन्द्र कुमारले आफूले गरेको गल्तीलाई ढाकछोप गर्न क्षेत्रिय सभापति मिश्र पार्टी मुख्यालयमा धर्ना बसेको टिप्पणी गर्नुभयो ।

 मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाले सर्लाही जिल्लामा क्रियाशिल नविकरण र समायोजनको विषयमा धाँधली नभएको जिकिर गर्नुभयो ।

नयाँ सदस्यताको हकमा क्षेत्रिय सभापतिलाई विधानतः अधिकार दिईएको र वडा सभापतिमार्फत पठाइएको भरपाई दिइएको उहाले दावी गर्नुभयो । उहाले कागजजात सही भएकोलाई सदस्यता दिनुपर्ने र गलत भएकाहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य जंगीलाल रायले अहिले पार्टी मुख्यालय सानेपामा धर्नामा बस्नेहरुले नै गल्ती गरेको र उक्त गल्ती ढाकछोप गर्नको लागि यस्तो नाटक गरेको टिप्पणी गर्नुभयो ।

कांग्रेस नेता तथा प्रदेश नम्बर २ का महिला, बालबालिका तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहले पनि कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. अमरेश कुमार सिंहले आफ्नो क्षेत्रमा नजाने तर काठमाडौंमा बसेर राजनीति गरेको आरोप लगाउनुभयो । 

 

Must View