नागरिक पोष्ट News


ट्राफिक प्रहरीले चौपायामा टल्कने स्टीकर लगाउने अभियान सुरु

1K

काठमाडौं - सडकमा छाडा छोडिएका चौपायाका कारण रातको समयमा दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले चौपायामा टल्कने स्टीकर लगाउने अभियान सुरु गरेको छ । 

ट्राफिक प्रहरीले काठमाडौंको बल्खुमा छाडा छोडिएका चौपायामा रातको समयमा टल्कने स्टीकर लगाएको हो । अन्य स्थानको तुलनामा बल्खुमा छाडा छोडिएका चौपायाको संख्या धेरै छन् ।

रातको समयमा चौपायाहरु सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेको महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुका प्रहरी नायव निरिक्षक मिलन कुमार सिंहले जानकारी दिनुभयो । उहाले उक्त अभियान उपत्यकाभरि नै चलाइने बताउनुभयो ।

त्यस्तै ट्राफिक प्रहरीले मास्क सचेतना अभियानलाइ पनि निरन्तरता दिएको छ । उपत्यकाका सार्वजनिक सवारीहरुमा स्वास्थ्य मापदण्ड पालना भए नभएको समेत अनुगमन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । 

Must View