नागरिक पोष्ट News


अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ

1.7K

एजेन्सी । श्लिल फिल्म ९पोर्न फिल्म० बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । 

भारतिय सञ्चारमाध्यमका अनुसार राज कुन्द्राले अश्लिल फिल्म निर्माण गरिरहेको प्रमाण प्रहरीले फेला परेको छ । साथै, उनले ति अश्लिल फिल्महरु बिक्री वितरण समेत गरिरहेको पाइएको छ । उनले अलग अलग एप्सको माध्यामबाट त्यस्ता अश्लिल फिल्म बेचिरहेको पाइएको छ ।

राजकुन्द्राको बिरुद्ध आफुसँग प्रयाप्त प्रमाण भएको र उनलाई सोधपुछ गरिरहेको मुम्बई पुलिसले बताएको छ ।  मेडिकल परिक्षणपछि राज कुन्द्रालाई आज मंगलबार कोटमा पेस गरिनेछ ।

Must View