नागरिक पोष्ट News


व्यापारिक भन्सार नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम राजस्व संकलन

854

काठमाडौं - चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा १ अर्ब २ करोड मात्र राजस्व असुली भएको छ, जुन वार्षिक लक्ष्यको १८.६५ प्रतिशत मात्र हो । कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार गत आवमा ५ अर्ब ४७ करोड राजस्व असुलीको लक्ष्य रहेको थियो ।

गत असारमा आएको बाढीपहिरोले सीमा पुल क्षति पुग्न गई मर्मत गर्दा लामो समय लाग्नुका साथै सडक अवरुद्ध तथा कोरोना भाइरसलगायतका कारणले सो नाका चार महिना मात्र सञ्चालनमा आएको थियो । यसमा पनि लक्ष्यभन्दा ज्यादै कम सामान आयात भएकाले राजस्वमा असर पुगेको उनले बताए ।

२०७२ सालको भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो । यसपछि २०७६ जेठ १५ गते पुनः सञ्चालनमा आए पनि सो नाका विभिन्न प्राकृतिक अवरोधले पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । गत असार २ गतेको बाढीपहिरोले क्षतिग्रस्त अरनिको राजमार्ग कोदारी र लिपिङ पुल भासिएपछि अझै सञ्चालनमा आउन सकेको छैन । लिपिङ पुल पारी १० वटा कन्टेनर अझै रोकिएको भन्सार कार्यालयले बताएको छ ।

Must View