नागरिक पोष्ट News


मेमोरि किगं अपर्ण शर्माले अर्को रेकर्ड राख्दै

1.6K

२०७८ साल असार २६ गते झापाको भद्रपुर स्थित विरेन्द्र नमुना माध्यमिक विद्यालयको सभा हलमा विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरुको सहभागितामा आफ्नो प्रस्तुति राख्न अपर्ण शर्मा सफल भएका छन् । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल पुलिस भद्रपुरका निरीक्षक (इन्स्पेक्टर) तथा विशिष्ट अतिथिको रुपमा लायन्स क्लब भद्रपुरका अध्यक्ष हुनुहुन्थ्यो। यो रेकर्डका लागि शर्माले १ मिनटमा ८३ वटा वस्तुको क्रम स्मरण गर्न सफल भएका हुन्। सोहि दिन पहिलो पटकको प्रयासमा शर्माले ८३ मध्ये ८१ वस्तुको स्मरण गर्न सफल भएका थिए । दोस्रो प्रयासमा ८३ मा ८३ नै वस्तुको क्रम स्मरण गरेर नयाँ रेकर्ड कायम गर्न सफल भएकोले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो सबै प्रमाणहरु पेश गर्न लागेको उनी बताउछन्। 

अपर्ण शर्माले यो सफलता को प्राप्ती गरि सकेपनि गिनिज बुकले भेरिफाई गरेपछि मात्रै आधिकारिक हुनेछ । गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र (Certificate) नआईन्जेल सम्म यो"Unofficial Record"  नै रहन्छ । प्रयास सफल हुनु र आधिकारिकता पाउनु फरक कुरा हुन् । हुन त कुनै पनि कुरा जुन सुकै समयमा सफलतापूर्वक गर्न सकेपछि कसैको आधिकारिकता चाहिदैन भन्ने कुरा आउला, तर त्यस्तो बुझाईले पछि गएर समाजमा भ्रमहरु श्रृजना गर्न सक्छ । गिनिज बुकले आफ्नो वेबसाइटमा कुनै पनि रेकर्ड प्रमाणित गरेर सर्टिफिकेट आउन कम्तिमा ३ महिना समय लाग्छ भनेको छ । यो ३ महिनाको बिचमा हरेक process को update म तपाईहरुलाई दिनेछु । गिनिज बुकको Guidelines र नियमहरु एकदमै धेरै लामो र strict हुन्छ, कुनै एउटा Guideline छुट्दा रेकर्ड प्रमाणित नहुने सम्भावना पनि रहन्छ । हामीले यसपाली सबै Guidelines हरु राम्ररी पालना गरेका छौं । प्रमाण पत्र आउँछ भन्ने कुरामा म विश्वस्त छु । जस्तो सुकै परिणाम आए पनि यो विधाको गिनिज वर्ल्ड रेकर्डको Certificate म कुनै पनि हालतमा ल्याएरै छोड्छु भन्ने सबै शुभचिन्तकहरु माझ वाचा गर्दछु  शर्मा बताउछन् ।

उनी अगाडी स्मरण गराउँदै भन्छन् तपाईहरुको साथ, सहयोग र मायाले मैले स्मरण विधामा विश्व रेकर्ड कायम गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भईसकेको यहाँहरु सबैलाई सर्वविधितै छ । सन् २०१५ मा"Longest Sequence Of Objects Memorized In One Minute" विधामा मैले एक मिनटमा ४२ वटा वस्तुहरुको क्रम स्मरण गरेर सोहि विधाको सबै रेकर्डहरु तोडी नयाँ कीर्तिमानी कायम गरेपछि गिनिज बुकले मलाई प्रमाण पत्र प्रदान गरी मेरो नाम दर्ज गरेको थियो । सो प्रमाण पत्र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कार्यक्रम माझ मलाई हस्तान्तरण गर्नु भएको थियो । 

त्यस्तै हजुरहरु सबैको साथ, सहयोग र हौसलाले प्रगतिको पाईलाहरु चाल्न सफल भएको छु । चाडैं नै अर्को विश्व रेकर्डको लागि तैयारी गर्दैछु । समस्त नेपालीहरु माझ वाचा गर्दछु, दुवै स्मरण शक्तिको गिनिज बुकको सर्टिफिकेट नेपाल नै लिएर आउनेछु । चाहे यसको लागि जति सुकै साधना, तपस्या, ध्यान र मेहनत गर्नु परोस्, म यो वाचा पुरा गरेरै छोड्ने छु । नेपाललाई विश्व सामु बौद्धिक विधाहरुमा चिनाउने क्रम जारी नै रहनेछ । हजुरहरु सबैको आशीर्वाद चाहन्छु । धन्यवाद भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

 

Must View