नागरिक पोष्ट News


अछामी मतदातासँग रावलले मागे क्षमा

889

काठमाडौं - सांसद पदबाट राजीनामा दिएका नेकपा एमालेक नेता भीम रावलले अछामी मतदातासँग क्षमा मागेका छन्।आइतबार सांसद पदबाट राजीनामा दिएका उनले पाँच वर्षका लागि आफूलाई मतदाताले चुनेकोमा त्यसको संरक्षण गर्न नसकेको भन्दै सामाजिक सञ्जालमार्फत् क्षमा मागेका हुन्।

‘जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु। अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु,’ उनले लेखेका छन्।

अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ८८३ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए। उनले प्रतिनिधि सभा बैठक बस्नुअघि राजीनामा घोषणा गरेका थिए। 

 

Must View